प्रदेश ७ को लोगो सार्बजनिक, जान्नुहोस लोगोको मतलब

धनगढी, चैत २५, दिनेश खबर।

प्रदेश ७ को आईतवार बसेको प्रदेश सभाको ११औ बैठकले यस प्रदेशको लोगो निर्धारण गरेको छ। प्रदेश सभा सदस्य बलदेव रेग्मीको संयोजकत्वमा रहेको लोगो निर्धारण समितिले संसदमा पेस गरेको लोगोको मस्यौदा ध्वनीमतमार्फत पारीत भएको हो। संसद बैठकमा संयोजक रेग्मीले लोगो निर्धारण समितिको प्रतिवेदन र मस्यौदा प्रस्तुत गरेका थिए।
लोगो निर्धारणकालागि मस्यौदा समितिले सार्वजनिक सूचना प्रकासित गरेर उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कार दिने घोषणा गरेको थियो।

सो सूचनापछि ५ ओटा लोगो प्राप्त भएको र तिमध्ये एउटा लोगोलाई आंशिक रुपमा ग्रहण गरेर परिमार्जन गर्दै पुर्णता दिईएको लोगो निर्धारण समितिका संयोजक रेग्मीले संसद बैठकमा जानकारी गराएका थिए। प्रदेश ७ को लोगोमा नेपालको राष्ट्रिय झण्डामुनी दुई ओटा हिमाल, ९ ओटा लालीगुँरासका फुल, प्रदेशको नक्सा, तराईको फाँट, र धाँनको बाला देखाईएको छ।

प्रदेश ७ को लोगो

नक्सामा देखाईएका चित्रले के के संकेत गरेको छ ?


१ ) नेपालको राष्ट्रियझण्डाले राष्ट्रियतादेखाएको छ ।

२) राष्ट्रिय झण्डाको मुनी रहेको निलो र सेतो रंगको हिमालले यस क्षेत्रमा रहेका उच्च हिमाल अपी र सैपाललाई जनाउँछ ।

३) मध्यभागमा रहेको हरियो रंगको पहाडले प्राकृतिक श्रोतले सम्पन्न समग्र पहाडी भुभाग र चुरे पहाडलाई जनाउँछ। त्यसको तलपट्टी रहेको तराईको फाँटले प्रदेशको अन्नको भण्डारका साथ साथै सास्ंकृतिक विविधताले भरिएको तराईलाई अंकित गर्दछ ।

४) राष्ट्रिय झण्डाको दाँया र बाँया रहेका ९ ओटा लालीगुरासले प्राकृतिक सांस्कृतिक सुन्दरता तथा विविधताले भरिपुर्ण यस प्रदेशका ९ जिल्लाहरुको प्रतिनिधित्व गर्दछ ।

५) लोगोको अग्रभागमा रहेको नक्साले सातनम्बर प्रदेशको नक्साजनाउछ ।

६) नक्साको तलपट्टी रहेको सुनौलो रंगको क्रस धानको बालाले हाम्रो प्रदेश कृषि उपजको धनी रहेको सन्देश दिन्छ।

७) प्राकृतिक सांस्कृतिक र भौगोलीक रुपमा सम्पन्न ७ नम्बर प्रदेशको चालचलन रिति रिवाज, भेषभुषा तथा भाषालाई सम्मान गर्न तथा एकताको प्रतिकका रुपमा सुनौलो गोलो धेराभित्र प्रदेशको लोगो देखाईएको छ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

जोगवुढा अस्पतालमा चिकित्सकको लापरवाहि, गर्भवती महिलाको मृत्यु

बाजुरामा जिप दुर्घटना २ जनाको मृत्यु, ५ घाईते