बझाङमा स्कुले विद्यार्थी यार्सागुम्बा टिप्न लेक तीर, बिद्यार्थी भर्ना अभियान प्रभावित

बझाङ बैशाख ६।

अभिभावक सहित स्कुले विद्यार्थी यार्सा टिप्न लेक तिर गएपछि जिल्लामा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ ।

बझाङको उत्तरी क्षेत्रका झण्डै सात हजार स्कुले विद्यार्थी यार्सा टिप्न लेक तिर गएपछि अभियान प्रभावित भएको हो। चैतको अन्तिम सात देखी यार्सा टिप्नका लागी शिक्षक, अभिभावक सहित विद्यार्र्थीहरु लेक तिर गएपछि सरकारको १५ दिने भर्ना अभियान यहाँका झण्डै ४४ बटा विद्यालयमा प्रभावित भएको हो।

यार्सा बाट मनग्य आम्दानी हुने र एक सिजन लाखौ रुपयाँ कमाई हुने भए पछि जिल्लाको उत्तरी क्षेत्रका स्थानिय बासीहरु बर्षेनी स–परिवार यार्सा टिप्न लेक तिर जाने गर्दछन् ।

चैत्र देखि सुरु हुने हुने यार्सा टिप्ने सिजन साउनमा मात्र सकिने भएकाले बर्षेनी सात हजार बिद्यार्र्थीको पढाई प्रभावित हुदै आएको छ । यार्सा टिप्ने सिजनमा प्राय बिद्यालय नै बन्द गर्नु पर्ने अवस्था बर्षेनी अउने गरेको साईपाल गाँउपालिका स्थानिय जसबिर बोहराले बताए।

जिल्ला शिक्षा कार्यालयले बैशाख १ गते देखि भर्ना अभियानका लागी घरदैलो लगायत चेतना मूलक कार्यक्रम सञ्चालन गरेको भए पनि उत्तरी क्षेत्रका झण्डै ४५ वटा बिद्यालयमा भने त्यसको कुनै प्र्रभाव परेको छैन्।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सुर्मा गाँउपालिका स्थित ईश्वर निमाविका शिक्षक ऐन बहादुर बोहराले फाट्टफुट्ट मात्र भर्ना गर्न आँउने गरेको बताए।

जिल्लाको साईपाल गाँउपालिकाका ५ वटा विद्यालय, तल्कोट गाँउपालिका २ वटा, सुर्मागाँउपालिका १६ वटा, दुर्गाथली गाँउपालिका ७ वटा र बुगंल नगरपालिको दहबगर क्षेत्रका १४ वटा, झण्डै ४४ भन्दा बढी बिद्यालयमा विद्यार्थी भर्ना हुन सकेका छैन्।

जिल्लाको साईपाल गाँउपालिका स्थित तपोवन प्राविका प्र.अ. दिपक रोकायाले भनेर्, सबै बालबालिका अभिभावक सहित लेक तिर गए, हामी बिद्यालय खोलेर बसेकाछौ। भर्ना गर्न कोही बिद्यार्थी समेत आएका छैन्।’

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली, नामावली सहित