डीपीएल क्रिकेटः महेन्द्रनगर युनाइटेडलाई हराउँदै काठमाडौं गोल्डेन्स फाइनलमा

धनगढी, चैत २९।

काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न दास्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै काठमाडौं फाइनल प्रवेश गरेको हो। काठमाडौं गोल्डेन्सले शुक्रबार हुने फाइनलमा टिम चौराह धनगढीसँग फाइनल खेल्नेछ। खेल मध्यान्ह १२ः३० मा हुनेछ। टस हारेर ब्याटिङमा आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो।

१४३ रनको विजय लक्ष्य लिएर आएको काठमाडौं गोल्डेन्सले १८.२ ओभरमा उक्त लक्ष्य भेट्टायो। काठमाडौंको तर्फबाट सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए। अमित श्रेष्ठले १९ बलमा २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ र भुपेन्द्र थापाले १५ रन बनाए। पुष्प थापा ९ रनमा आउट भए। महेन्द्रनगरको तर्फबाट पुनित मेहराले २ विकेट लिए भने भुवन कार्की, पुनित विष्ट र रोबिन क्षत्रीले १÷१ विकेट लिए । यसअघि १० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरको तर्फबाट पुनित महेराले ४२ बलमा ५८ रन बनाए भने आरिफ शेखले ३९ बलमा ४३ रन बनाए।

यसैगरी करण केसीले १२ बलमा २१ रन बटुले भने पुनित विष्टले ७ रन बनाए। महेन्द्रनगरका कप्तान विनोद भण्डारी, आसिफ शेख, हरिसंकर साह, रोहित पौडेल र भुवन कार्की शुन्यमा आउट भए। आरिफ शेख र पुनित मेहराले ८५ रनको साझेदारी गरेका थिए। काठमाडौंका सन्नी पटेलले सुरुमै ६ विकेट लिएपछि महेन्द्रनगरले अधिकांश समय दबाबमा खेलेको थियो। उनले ४ ओभरमा १ मेडेन राख्दै १० रन खर्चेर ६ विकेट लिए। उनी डिपीएल क्रिकेटको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने। पुष्प थापा र सुबोथ भाटीले १÷१ विकेट लिए।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड