बैतडीमा पैदलयात्रीलाई स्ववियुको नगदसहित सम्मान

बैतडी,४ बैशाख ।

देशमा शान्ति फैलियोस भनेर विगत २२० दिनदेखि पैदलयात्रामा रहेको एक पैदलयात्रीलाई गोकुलेश्वर कृषि तथा पशुबिज्ञान कलेजको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले नगदसहित सम्मान गरेको छ ।

काभ्रे घर भएका १८ बर्षिय शरद कोईरालालाई स्ववियु सभापती राजेन्द्र बमले नगद ७ हजार ५ सय सहित दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको हो ।

नगदसहित सम्मानका साथै स्ववियुले पैदलयात्री कोईरालाको अगामी यात्रा सफल तथा फलदायी रहोस भन्ने शुभकामना समेत दिएकोे छ।

नेपालभरी शान्ति फैलियोस भन्ने उद्देश्यले कोईरालाले २२० दिन अगाडी काभ्रेवाट सुरु गरेको पैदलयात्रा बैतडी सहित देशका ५२ जिल्लामा गरिसकेको छ । कोईराला नेपाल चिन सीमास्तम्भ नं १ दार्चुलाको लिपुलेकपश्चात बैतडी पुग्नुभएको हो ।

बैतडी ५२ जिल्लाको पैदलयात्रापश्चात कोईराला आजै बझांगको पैदलयात्रा निस्किसक्नुभएको छ । कोईरालाले देशका ७५ वटै जिल्लामा पैदलयात्रा गर्ने बताएका छन् ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड