डीपीएल२ः महेन्द्रनगर र अत्तरियाले पानी परेपछि अंक बाँडे


धनगढी, चैत २४ गते।








पानी परेर खेल हुन सकेपछि धनगढी प्रिमियर लिग क्रिकेटमा महेन्द्रनगर र अत्तरियाले अंक बाँडेका छन्।

पानी परेर मैदान भिजेपछि खेल सुरु हुन् नसकेका कारण दुवै टीमले एक–एक अंक पाएको आयोजकले जनाएको छ। यो संगै अंक तालिकाको दोश्रो स्थानमा रहेको महेन्द्रनगरको चार खेलबाट पाँच अंक भएको छ।

यस्तै, चारखेलबाट ३ अंक बनाएको अत्तरिया तालिकाको पाँचौ स्थानमा छ। आजको दोश्रो खेलमा दिउँसो १ बजेपछि टिम चौरहा धनगढी र रुपन्देही च्यालेन्जर्स खेल्दैछन्।

आजको खेल जिते धनगढीले प्रतियोगिताको प्लेअफ खेल्ने सम्भावना बलियो बनाउनेछ । अहिलेसम्मका चारवटै खेल हारेको रुपन्देही पहिलो जितको खोजीमा हुनेछ ।




Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

प्रदेश ४ मा वडा कार्यालय भवनको अभाव, छाप र लेटर प्याड झोलामै बोकेर सेवा प्रवाह !

अविरल वर्षाले घर भत्किँदा पाँच घाइते