घरमा आगलागी हुँदा ६० वर्षीय वृद्धकाे ज्यान गयो

गुल्मी, वैशाख १२ ।

धुर्कोट गाउँपालिका–३ हाडहाडे सोमरभोमरमा मंगलबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।

आगलागीमा परेर ज्यान जानेमा ६० वर्षीय कृष्णबहादुर पुन रहेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताउनु भयो।

सोमबार राती ११ बजे घरको चुल्होवाट सल्किएको आगोले पुनको घर गोठ र अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीमा पुनको एउटा भैँसी पनि मरेको छ ।

सुस्त मनस्थीति भएका पुन घरमा एक्लै बस्दै आएका थिए ।

स्थानीयको सक्रियतामा राति नै आगो नियन्त्रणमा आएको नयाँगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवनाथ यादवले जानकारी दिनु भयो ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड