अाईपीएल क्रिकेट : चेन्नइले मुम्बईलाई हरायाे

नयाँ दिल्ली २५ चैत –

शनिबारबाट सुरु भएको इन्डियन प्रिमियर लिग आईपिएलको ११ औं संस्करणको पहिलो खेलमा दुइवर्षपछि लिगमा फर्किएको चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ।

उद्घाटन खेलमा चेन्नईले १ विकेटको रोमाञ्चक जित निकालेको छ। मुम्बइले दिएको १ सय ६६ रनको विजयी लक्ष्य चेन्नईले एक बल बाँकी छँदा ९ विकेट गुमाएर पुरा गर्‍याे। अन्तिम तीन ओभरमा ५० रन बनाउन सफल भएपछि चेन्नइले जित नजिक रहेको मुम्बइबाट महत्वपुर्ण दुई अंक खोस्न सफल भयो। चेनइको जितमा ड्वेन ब्राभो नायक सावित भए।

उनले ३० बलमा ६८ रनको विस्फोटक इनिङ खेलेका थिए। ब्राभोले ३ चौका र ७ छक्का हिर्काए। त्यस्तै केदार जादभ २४ रनमा अविजित रहे। मुम्बइका हार्दिक पाण्ड्या र मायांक्या र्मक्यान्डले समान ३ विकेट लिएपनि टिमको हार टार्न असफल भए।

यसअघि पहिलो ब्याटिङ गरेको मुम्बइले मध्यम क्रमका ब्याटसम्यानको संयमित इनिङमा १ सय ६५ रन बनाएको थियो। मुम्बइका लागि सुर्यकुमार यादवले ४३ रन बनाए भने इशान्त किसनले ४० रनको योगदान दिए त्यस्तै हार्दिक पाण्ड्याले ४१ रन बनाए । कप्तान रोहित शर्माले १५ रन जोडे। पुरै २० ओभर खेलेको मुम्बईले ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो।

प्रतियोगितामा प्लेयर अफ द म्याचको उपाधि ड्वेन ब्राभो घाषित भए।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप