लागु औषध चरेश सहित २ जना पक्राउ

धनगढी, बैशाख ८।

प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ प्रकृतिनगरम बाट लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ।

प्रकृतिनगरमा पसल सञ्चालन गरीबस्ने ३५ बर्षका प्रजापति पन्त र वडा नम्बर ४ का रामसिह धामिलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले पन्तको पसलबाट खरीदबिक्रि भईरहेको अवस्थामा ३ किलो ४ सय ग्राम लागु औषध चरेश सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार