आज आमाको मुख हेर्ने दिन

काठमाडौँ, वैशाख ३ गते ।

जन्म दिने आमाप्रति श्रद्धा प्रकट गर्दै सोमबार आमाको मुख हेर्ने पर्व मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मिष्ठान्न, फलफूल, वस्त्र तथा आभूषण दिएर आमाप्रति आदरभाव गर्ने चलन छ ।

आमा नहुनेले मातातीर्थ कुण्डमा स्नान गरी दिवङ्गत आमाप्रति श्राद्ध तर्पण दान आदि गरेर आमाप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ । जन्म दिने आमा र जन्म भएको धर्ती स्वर्ग समान हुन् भन्ने पौराणिक मान्यता छ ।

वंशजअनुसार निःसन्तान भएका तर कानुनअनुसार धर्मपुत्र धर्मपुत्री राखिएका सन्तानले पनि जन्म दिने आमा सरह नै आमाको मुख हेर्ने चलन छ ।

आमाबाबु बेपत्ता भई अन्यको आश्रयमा रहेकाले पनि आफू पालिएका संस्थामा सुसारेका रूपमा कार्यरतलाई आमा सरह नै मानेर श्रद्धा गर्ने गरिन्छ।

वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई वस्त्र तथा भोजन प्रदान गर्ने चलन पनि अचेल चलेको पाइन्छ । गुरु पत्नी, आमाकी दिदी वा बहिनीलाई पनि आमा सरह मानेर सम्मान गर्ने चलन छ ।

भगवान् श्रीरामले लङ्कामाथि विजय प्राप्त गरेपछि जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी अर्थात् जन्म दिने आमा र जन्म भएको धर्ती स्वर्गभन्दा प्यारो हुन्छ भनेर जितिएको लङ्कालाई परित्याग गरेर जन्मभूमि अयोध्या फर्किएको रामायणमा उल्लेखित वर्णनबाट आमाको असिम महिमा व्यक्त हुन्छ ।

सेतो मच्छिन्द्रनाथको लगनटोलमा रहेको आमाको मन्दिर र पशुपति आर्यघाट ब्रह्मनाल पारि रहेको आमाको प्रतिमामा यसै दिन आमा नहुनेले पूजा अर्चना गर्ने प्रचलन छ । आमाको काख अरूको लाख भन्ने उखान चर्चित छ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड