सरकारी सिटामोल आजबाट बजारमा आउने

काठमाडौं, २३ चैत –

नेपाल औषधि लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल आजबाट बजारमा आउने भएको छ ।

गत फागुन ९ गतेबाट विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जीएमपी मोडलमा सिटामोल उत्पादन सुरु गरेको लिमिटेडले १० लाख सिटामोल आजबाट बजारमा ल्याउन लागेको हो ।

सिटामोलको खुद्रामूल्य प्रति ट्यावलेट १ रुपैयाँ तोकिएको छ ।

सरकारले पहिलो चरणमा ६ करोड ४८ लाख रकम विनियोजन गरेपछि औषधी लिमिटेडले पुनर्जीवन पाएको हो ।

पहिलो चरणमा उद्योगको ब्राण्डको रूपमा चिनिएको सिटामोल उत्पादन गरेको लिमिटेडले आगामी दिनहरुमा आइरन चक्की, जुकाको औषधीलागायत २० प्रकारका चक्की औषधी उत्पादन गर्ने लक्ष्य लिएको छ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड