चितुवाको आक्रमणबाट एकजना घाइते

कञ्चनपुर, वैशाख ३ गते ।

चितुवाको आक्रमणबाट आज यहाँ एकजना घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट भीमदत्तनगरपालिका– १८ बागफाटाका ४५ वर्षीय छाउना राना घाइते भएका हुन् ।

सख्त घाइते उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरी चौकी बागफाटाका हवल्दार चन्द्रसिंह प्वालीले जानकारी दिनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त वस्तीमा आज बिहान चितुवा पसेर रानालाई आक्रमण गरेको हो ।

चितुवाले गाउँमा बाख्रासमेत खाएको छ । अहिले चितुवालाई वस्तीबाट धपाउन निकुञ्जबाट हात्तीसहितको सेनाको टोली, निकुञ्जका कर्मचारी र प्रहरी परिचालन गरिएको छ ।

उक्त वस्ती निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । रासस

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप