बैतडीमा १ सय बढी सम्भावित हात्तीपाईलेका रोगी भेट्टिए

बैतडी, ९ वैशाख,

बैतडीमा १ सय बढी सम्भावित हात्तीपाईलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाईले खोजी अभियानका क्रममा १ सय २० जना सम्भावित हात्तीपाईले रोगी भेट्टिएका हुन ।

जिल्लाका १० स्थानिय तहमा दुई चरणमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ६० जना हाईड्रोसिलका रोगी तथा ६० जनाको हातखुट्टा सुन्निएका व्यक्ती भेट्टिएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोस पाण्डेयले जानकारी दिनुभयो ।

हाईड्रोसिल र हातखुट्टा सुन्निएका व्यक्तिहरुलाई हात्तीपाईले भएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । हाईड्रोसिल हात्तीपाईलेका कारण पनि हुने भएकोले हात्तीपाईले भएको हुनसक्ने अनुमान गरिएको हो भने हात,खुट्टा सुन्निने लक्षण हात्तिपाईलेको भएकोले हात्तिपाईले नै भएको भन्ने अनुमान गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

खोजी अभियानवाट आएको उक्त प्रारम्भिक रिपोर्टलाई चेकजाँच गर्न बाँकी रहेकोले परिक्षण तथा चेकजाँचपश्चात मात्रै हात्तिपाईले भए नभएको पुष्टि हुने बताईएको छ ।

हात्तीपाइले रोग निर्मूल गर्ने नीतिका साथ यसअघि बैतडीमा ६ पटकसम्म हात्तिपाईले रोगविरुद्धको आम औषधी खुवाईएको थियो । सरकारले नेपालमा सन २०२० सम्म हात्तिपाईले निवारण गर्ने लक्ष्य राखेको छ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड