वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि

काठमाडौँ, वैशाख ६ गते ।

वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ ।

‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले आज वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गर्नुभएको हो ।

प्राप्त प्रविधि थाइराइड क्यान्सर पत्ता लगाउन प्रभावकारी हुने अस्पतालका निर्देशक बस्नेतले बताउनुभयो । सो सफ्टवेयर अनुसन्धानमा प्रयोग गरिने उहाँले बताउनुभयो ।

‘एम्क्याड–भिटी’ सफ्टवेयरका माध्यमबाट थाइराइडका स–साना ट्युमरसमेत पत्ता लगाउन सकिने, रोगको पहिचानमा सहयोग पुग्ने तथा उपचार सस्तो हुने छ ।

क्यान्सरको खतरा र अन्यत्रबाट क्यान्सर सरेको वा नसरेको सहजै पत्ता लगाउन सकिने बताइएको छ ।

हेल्थ केयर सोलुसनका निर्देशक भट्टले सफ्टवेयर जुनसुकै अल्ट्रासाउण्डका मेसिनमा राख्न मिल्ने बताउनुभयो । उक्त सफ्टवेयर ताइवानस्थित एम्क्याड बायोमेड कर्पोरेसनले निर्माण गरेको हो । रासस

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार