१४ गते पार्टी एकीकरणको मिती तोकीने, एकतापछि पछुताउनुभन्दा समय लिनु राम्रोः प्रचण्ड

चितवन, वैशाख ११

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण गर्ने मिति वैशाख १४ गते तोकिने बताएका छन ।

आज चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा केही जटिलता नभएको तर समय अभावले केही पर सरेको बताएका हुन ।

वैशाख १४ गते भित्र सबै समझदारी भइसक्ने र लगत्तै पार्टी एकीकरण हुने बताउँदै उनले दुई अध्यक्षको व्यस्तताले ढिला भएको बताए । समय निकालेर छिट्टै टुंगोमा पुगिने उनको भनाई छ ।

केही दिन ढिलाई हुँदैमा केही समस्या नहुने बताउँदै अध्यक्ष प्रचण्डले पार्टी एकीकरणपछि पछुताउनु भन्दा एकताअघि नै समय लिनु राम्रो भएको बताए । वैशाख महिनाभित्रै पार्टी एकीकरण हुने उनले बताए ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार