‘भारतीय रेल तराईबाट र चिनियाँ रेल केरुङबाट काठमाडौं आउँछ’

काठमाडौं, २० चैत्र–

नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल काठमाडौं ल्याउने विषयमा पहल हुने बताएका छन्।

मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल तराई हुँदै काठमाडौंमा ल्याउनु नेपालको आवश्यकता रहेको सुनाए। ‘वाम सरकारको पालामा भारतीय रेल तराई हुँदै काठमाडौं आउँछ, चिनियाँ रेल पनि केरुङ हुँदै काठमाडौं ल्याउनुपर्छ।’

कार्यक्रममा नेता पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल काठमाडौं ल्याउनबारे कुरा हुने विश्वास दिलाएका हुन्।

ओली दुई तिहाईको प्रधानमन्त्री भएकाले भारत भ्रमणका क्रममा सबैखाले सन्धि तथा सम्झौताहरु कार्यान्वयन गर्नेतर्फ ध्यान दिन उनले आग्रह गरे। उनले आउँदो वर्षामा तराई डुब्न नहुने धारणा राख्दै यो विषयमा प्रधानमन्त्रीले स्पष्ट रुपमा कुरा राख्नुपर्ने सुझाव दिए।

भारतले कबुल गरेका कुराहरु अहिलेसम्म कार्यान्वयन नभएकोले प्रधानमन्त्रीले यो विषयमा पनि कुरा राख्नुपर्ने उनको धारणा थियो। प्रधानमन्त्री ओली बोलीमा अडान भएको नेता भएकोले सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्नेमा आफू विश्वस्त रहेको उनले सुनाए।

त्यस्तै उनले विद्युत बैंकमार्फत आपसी हितमा बार्टर सिष्टममा उपयोग गर्नुपर्नेमा जोड दिए। अब सरकारले आर्थिक–कूटनीतिकमा जोड दिने भएकोले भ्रमण पनि सोही विषयमा केन्द्रित हुने विश्वास व्यक्त गरे।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप