विप्लवलाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौं, २० चैत्र–

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा आतंक मच्चाउने सम्पूर्ण गतिविधी अस्वीकार्य भएको बताएका छन्।

भुमिगत शैलीमा हिडिरहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिकारी परिवर्तनका नाममा जनता तर्साउने, आतंक सिर्जना गराएर बलजफ्ती चन्दा असुली गर्नेलाई सरकारले नछोड्ने स्पष्ट पारे।

‘समाजमा मान्छे तर्साउने, आतंक सिर्जना गराएर बलजफ्ती चन्दा असुली, अन्य अपराधजन्य तस्करी, भष्टाचारजस्ता कुरा र त्यसबाट उत्पन्न हुने अपराध स्वीकार्य छैन्’, ओलीले भने– ‘म दृढतापूवर्क भन्न चाहन्छु, सरकारले नियन्त्रण गर्छ, यो जनआकांक्षा र समयको माग होइन, सरकारले मान्दैन, स्वीकार्देन। नियन्त्रण गर्छ।’

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड