वर्षाबाट एक करोडको काँचो इँट्टाको क्षति

कञ्चनपुर, २६ चैत।

लगातारको वर्षाका कारण कञ्चनपुरमा एक करोड मूल्य बराबरको काँचो इँट्टा नोक्सानी भएको छ ।

सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँट्टा वर्षाको पानीले भिजेर क्षति भएको हो।

महाकाली इँट्टा टायल उद्योग व्यवसायी संंघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुडालका अनुसार कञ्चनपुरमा सञ्चालित ३९ उद्योगका झण्डै दश लाख भन्दा बढी इँट्टामा नोक्सानी पुगेको छ ।



प्रतिइँट्टाको लागत नौ देखि १२ सम्म पर्ने गरेको छ । इँट्टा उत्पादनका लागि पानी नपर्ने गरेका कारण चैत महिनालाई उपयुक्त महिनाका रूपमा लिइने गरिन्छ ।

लाखौँका तयारी इँट्टामा प्राकृतिक विपद्बाट नोक्सानी भएपछि मर्कामा परेको उहाँले बताए।
(रासस)

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड