डेढ किलो चरेस सहित एक वृद्ध पक्राउ

ध्ननगढी, वैशाख ५

लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले एक किलो ५ सय ग्राम चरेस सहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

मंगलवार साँझ भीमदत्तनगरपालिका–४ बसपार्क क्षेत्रबाट बझाङ छविस पाथीभरा गाउँपालिका–४, कडेलका चन्द्रदेव जोशीलाई व्यूरोको टोलीले चरेस सहित पक्राउ गरेको हो ।


पक्राउ गरेका जोशीलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

प्रदेश ४ मा वडा कार्यालय भवनको अभाव, छाप र लेटर प्याड झोलामै बोकेर सेवा प्रवाह !

अविरल वर्षाले घर भत्किँदा पाँच घाइते