संसदद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ, चैत १९ गते ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको अलगअलग बैठकले पूर्वमन्त्री खड्काको निधनप्रति एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

खड्का विसं २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली काँग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य खड्काको यही चैत १६ गत ६७ वर्षको उमेरमा निधन भएको थियो ।

लामो समय प्रवास र जेल जीवनसमेत व्यतित गर्दै प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता एवं समाजसेवी स्व खड्काले विभिन्न समयमा भौतिक योजना, स्थानीय विकास, गृह, वन तथा भू–संरक्षण, आपूर्ति एवं जलस्रोत मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि मंगलबार दिनको १ बजे र राष्ट्रियसभाको अर्को बैठक अपराह्न ४ बजे बस्नेछ । (रासस)

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड