मुख्यमन्त्री भट्टद्धारा छोरीलाई सामुदायिक विद्यालयमा भर्ना

धनगढी बैशाख ५।

मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीलाई धनगढीको एक सामुदायिक विद्यालयमा भर्ना गरेका छन्।

धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार मुख्यमन्त्री भट्टले कान्छी छोरी पुष्पा भट्टलाई भर्ना गरेका हुन्।

भट्टले १४ वर्षिय पुष्पालाई कक्षा ८ मा भर्ना गरेका हुन्। छोरीलाई भर्ना गर्दै मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न आ–आफ्नो स्थानबाट लाग्न आह्वान गरे।

सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धि गर्न सबैले आफुबाट नै सुरुवात गर्नुपर्ने आवश्यकता रहेको समेत मुख्यमन्त्री भट्टको भनाई थियो ।

मुख्यमन्त्री भट्टकी जेठी छोरी लक्ष्मी डोटीको केआइसिँह गाँउपालिकाको देवस्थल माध्यमिक विद्यालयमा र छोरा विकास सुजंग माावि डोटीमा अध्ययन गर्दै आएका छन्।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड