उद्योग वाणिज्य संघमा लगाईएको ताला तोडियो

धनगढी बैशाख १३

नक्कली सदस्यता खारेजको माग गर्दै कैलाली उद्योग बाणिज्य संघमा गरिएको तालाबन्दी सुरक्षा निकायको प्रयोग गरी खोलिएको छ ।

वडा प्रहरी कार्यालयले आज दिउँसो तालाबन्दी खोलेको हो । वास्तविक व्यवसायीहरुले नक्कली सदस्यता खारेज गर्न पटक–पटक लिखित र मौखिक रुपमा माग गर्दा पनि वर्तमान कार्यसमितीले वास्ता नगरेको भन्दै आज विहान तालाबन्दी गरेका थिए ।

उनीहरुले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएका थिए भने वर्तमान कार्य समितीलाई पटक–पटक लिखित र मौखिक रुपमा नक्कली सदस्यता खारेजको माग सहित निवेदन पनि गरेका थिए ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली, नामावली सहित