सडक क्षेत्र खाली गर्न अटेरीपछि डोजर लगाएर खाली गरिँदै

धनगढी बैशाख ९।

निर्माण कार्य सुरु भएको एक वर्ष हुन लाग्दा पनि सडक क्षेत्र खाली गर्न अटेरी गरेपछि सोमवार डोजर लगाएर खाली गरिने भएको छ। आयोजना कार्यालय र धनगढी उपमहानगरपालिका कार्यालय संरचना भत्काउन अटेरी भईरहेकोले डोजर लगाएर भत्काउने निर्णयमा पुगेका हुन्।

पटक पटक पछाडी हटेको आयोजना कार्यालय र धनगढी उपमहानगरपालिका सुरक्षाकर्मीको सहयोगमा संरचना भत्काउने निर्णय पुगेसँगै सोमवार विहान १० वजेदेखि संरचना भत्काउने काम सुरु गरिन लागेको धनगढी उपमहानगरपालिका कार्यालयले जनाएको छ।

सर्वोच्च अदालतले संरचना भत्काउन दिएको आदेश दुई महिनासम्म पनि कार्यान्वयन नभएकोले सुरक्षाकर्मीको साथमा डोजर लगाएर पनि सडक क्षेत्र खाली गरिने भएको हो।

संरचना भत्काउन अटेरी गरेकाहरुले आज धनगढी उपमहानगरपालिकामा भईरहेको वैठकमै गएर थर्काउने र धम्काउने प्रयास गरेको भएपनि अव पछाडी नहड्ने उपमहानगरपालिका मेयर नृपवहादुर ओडले वताए।

यसअघि १२ जना घरधनीले सर्वोच्चमा मुद्धा हाल्दै विकास रोकेकोमा संरचना भत्काउन आदेश दिएको दुई महिनासम्म पनि अटेरी गरेकाहरु फेरि पनि नभत्काउने चलखेल गरिरहेका छन्।

कसैले नापजाँचको काम नमिलेको भन्दै अटेरी गरिरहेका वेला कसैले सानो भाग भत्काएर ढिलाई गरिरहेका छन्।

तर अव कुनै पनि वहाना गरेर संरचना भत्काउन अटेरी गर्नेहरुको संरचना भत्काएर सडक क्षेत्र खाली गरिने मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजनाका प्रमुख मनिषकुमार शाहले जानकारी दिए।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार