३३ किलो सुन तस्करी प्रकरण, २३ जनामाथि अनुसन्धान हुँदै

मोरङ, वैशाख ११ ।

सनम शाक्य हत्या काण्डको बिषयमा अहिले सबैको चासो गइरहेका बेला मोरङ प्रहरीले आज एकै दिन २३ जनालाई जिल्ला अदालत मोरङमा म्यादथप गरेको छ ।

हिरासतमा लिइएका २३ जनाविरुद्ध अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकु्मार बिसीले जानकारी दिए ।

आइतबार पक्राउ गरी सोमबार विराटनगर ल्याइएका नेपाल प्रहरीका पुर्व डिआईजी गोविन्द निरौलालाई हिजै मात्र २ दिनको म्याद थप गरिएकोमा आज अनुसन्धानको दायरामा पक्राउ परेका सबैलाई एकैसाथ म्याद थप गरिएको हो ।

विराटनगर सुन कारावारी सनम शाक्यको हत्या अभियोगमा ३८ जनाविरुद्ध प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको छ ।

अवैध रुपमा आयत गरिएको सुन हराउँदा भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ३८ जना माथि अनुसन्धान अघि बढाएको हो ।

३८ जनामध्ये २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने १५ जना अझै फरार छन् । प्रहरीको फरार सूचीमा ३३ किलो सुन आयात र समन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुणामणी उप्रेती ‘गोरे’पनि छन् ।

गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचीमा परेका छन् ।

यसरी प्रहरीको अनुसन्धानमा बालकृष्ण श्रेष्ठ, विरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपाल कुमार श्रेष्ठ, फुजुङ गुरुङ, हेमन्त गौतम, सम्बीर प्रसाद तोलाङ्गी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्र्कीे, लाक्पा शेर्पा, महाविर प्रसाद , राजन थापा, राजेन्द्र कुमार कार्की, गोविन्द निरौला, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार, माधव घिमिरे भनिने मदनप्रसाद घिमिरे रहेका छन् ।

उनीहरुलाई आजको मितिदेखि लागु हुने गरी ८ दिनको म्याद थप गरिएको छ । - उज्यालो

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार