बलात्कार गर्न खोज्नेलाई महिलाहरुले गरे कारवाही

कैलाली, २७ चैत्र,

कैलाली जिल्ला कैलारी गाउँपालिकाका किसनाप्रसाद चौधरी नामका युवक महिला कारवाहीमा परेका छन् । उनले २०७४ चैत २३ गते राति करिब १२ बजेतिर कैलारी गाउँ पालिका वार्ड न.१ दक्षिण मझरा गाउँमा एक युवतीलाई बलात्कार गर्न खाेजेका थिए ।

श्रीमान बाहिर कमाउन गएको र घरमा महिला र छोरी मात्रै रहेको मौका छोपी किसना प्रसाद चौधरी (टुक्की) नाम गरेका उक्त ब्यक्तिले बलात्कार, जबरजस्ती गर्ने प्रयास गर्दा महिलाले प्रतिकार गरेकी थिइन् । प्रतिकार गर्दा किसना कुटपिटमा उत्रिएपछि उनी चिच्याइन् र अावाज सुनेर गाउँ टोलका मानिसहरु आएर किसनालाई समातेका थिए ।



भोलि पल्ट गाउँका महला, गाउ समाज जुटेर सोधपूछ गर्दा किसना प्रसाद चौधरीले साे कुरा स्वीकार गरेपछि गाउँका महिलाहरु मिलेर बलात्कार गर्न खोज्ने किसनाप्रसादलाई जुत्ताको माला लगाएर, कालोमोसो दलेर कारवाही गरेका थिए । पीडितले समाजकै अगाडि जुत्ता चप्पलले किसनालाई भकुरेकी थिइन् ।

किसनाले अाइन्दा यस्तो कहिल्यै नगर्ने, गरे कानुन बमोजिम कारवाही गर्नू भनी सबैको अगाडि पीडितसँग माफी मागेका थिए । साथै समाजले पीडकले पीडितलाई २ लाख रुपिया दिनुपर्ने भनी जरिबाना समेत तोकेको बुझिएको छ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड