सेती अञ्चल अस्पतालमा शल्यक्रियाका लागि ८ महिना कुनुपर्ने

धनगढी, २ वैशाख,

सेती अञ्चल अस्पतालमा शल्यक्रिया गर्नका लागि ८ महिनाभन्दा वढी समय कुनुपर्ने वाध्यता रहेको छ । दुई जना सर्जन र दुई वटा शल्यक्रिया कक्ष रहेको अस्पतालमा शल्यक्रिया गर्नका लागि लामो समय कुर्नु परेपछि विरामीहरु मर्कामा परेका छन ।

उनीहरु समयमै उपचार नहुने भएपछि निजि अस्पताल धाउन वाध्य भएका छन । सस्तोमा हुने शल्यक्रिया महँगोमा गर्नुपर्ने विरामीहरुको वाध्यता रहेको छ ।

दुई जना सर्जन र दुई वटा शल्यक्रिया कक्ष रहेको सेती अञ्चल अस्पतालमा आउँदो मंसीर महिनासम्म शल्यक्रिया गराउनेहरुको नाम दर्ता भईसकेको छ। वर्षमा दुई हजार जनाको शल्यक्रिया हुने गरिएकोमा त्यसका लागि धेरै समय कुर्नुपर्ने अवस्था रहेको छ ।

सोमवार र वुधवार हुने शल्यक्रिया अन्तर्गत एक हप्तामा ४० जनासम्मको शल्यक्रिया गरिदै आएकोमा विरामीहरुको लाईन भने निकै वढी भएका कारण ८ महिनासम्म कुर्नुपर्ने अवस्था रहेको छ । हर्निया, पित्त शैली, हाइड्रोसिल जस्ता समस्याको शल्यक्रियका लागि बिरामीले ८ महिना कुनुपर्ने वाध्यता रहेको कन्टलट्रयान्ट सर्जन डाक्टर सुरेन्द्र वस्नेतले जानकारी दिए ।

डाक्टर वस्नेतका अनुसार सर्जरी वाडमा ४५ वेड रहेको अवस्थामा विरामीहरुलाई ईमरजेन्सी वाहेक अरुलाई नकुराईकन नहुने अवस्था छ । अस्पतालमा विधागत रुपमा विशेषज्ञ शल्यक्रिया सेवा भएकाले पनि हरेक विधामा लामो चाप हुने गरेको छ । अस्पतालमा पत्थरी, हर्निया, हाइड्रोसिल, हाडजोर्नी, पिसाब नली लगायत रोगका बिरामीको लाईन लामो छ । तर धेरै समयम कुर्नुपर्ने वाध्यताले विरामीहरु निजि अस्पतालमा गएर महँगोमा उपचार गराउन वाध्य भएका छन ।

सस्तोमा हुने शल्यक्रियालाई लामो पर्खाईले निजि अस्पतालमा शल्यक्रिया महँगामा गराउनु पर्ने विरामीको वाध्यता रहेको छ । उपचारका लागि आएका बिरामीले लामो समयमको कुराईपछि मात्र पालो पाउने भएपछि कतिपयले रोग पाल्नुभन्दा ऋण पाल्नु जाति ठानेर निजीमा बढी पैसा तिरेर शल्यक्रिया गराईरहेका छन । यो चाप घटाउन सरकारी अस्पतालमा शल्यक्रिया कक्ष मात्र थपेर हुँदैन यसका लागि जनशक्ति, उपकरण, बेड सबै थप्नुपर्ने चिकित्सकहरु वताउँछन ।

सेती अञ्चल अस्पताल वाहेक समान हैसियतकै महाकाली अञ्चल अस्पताल र डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा शल्यक्रिया सेवा विस्तार गर्न सकेमा समयमै उपचार पाउने अवस्था आउने देखिएको छ । कञ्चनपुरका विरामीहरुले महाकालीमा र पहाडी जिल्लाका विरामीले उपक्षेत्रीय अस्पतालमा शल्यक्रिया सेवा पाउँदा सेतीमा विरामीको चाप कम हुनुका साथै समयमै उपचार पाउने अवस्था आउने कन्टलट्रयान्ट सर्जन डाक्टर सुरेन्द्र वस्नेतको भनाई छ । सेतीमा शल्यक्रिया कक्ष, सर्जन सहितका जनशक्ती र त्यही अनुसारको पुर्वाधार थप भएमा समयमै उपचार पाउने छन ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप