गौरिफन्टा नाकालाई सुविधा युक्त बनाउन एमाले प्रदेश ७ को माग

धनगढी चैत २६।

नेकपा एमाले प्रदेश नम्बर ७ ले गौरिफन्टा नाकालाई सुविधा युक्त बनाउनका लागि भारत सरकारसँग वार्ताको कुटनीतिक पहल गर्न माग गरेको छ ।

एमाले ७ नम्बर प्रदेश कमिटिको सोमवार सम्पन्न बैठकले गौरीफन्टा नाकालाई सुविधा युक्त बनाउन भारतसँग वार्ताको कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेको हो।

लामो समयदेखी सञ्चालनमा रहेको नाका भारतले एकतर्फी रुपमा बन्द गर्न लागेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

त्यस्तै संघीय मन्त्रीपरिषदमा प्रदेश ७ बाट प्रतिनिधित्व नगराईएको भन्दै आपत्ति समेत प्रकट गरिएको छ। बैठकबाट पारित प्रस्तावहरु समेटिएको प्रेस विज्ञप्तीको २ नम्बर बुदामा विकास सुचकाङ्क पछाडी रहेको प्रदेश बाट पार्टीले संघीय मन्त्रीपरिषदमा प्रतिनिधित्व नगराईनु अन्यायपूर्ण भएको उल्लेख छ भने न्यायोचित प्रतिनिधित्व गराउन समेत माग गरिएको छ।

बोक्सीको अरोपमा कुटपीटमा परेकी कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरीको घटनाको विरोध गर्दै यस्ता घटना पुनः नदोहोरिन दिन प्रदेश सरकारलाई कानूनको पालना गराउने लगायतका कार्य गर्न पनि माग गरिएको छ।

असिना पानिले अछाम र डोटीका विभिन्न स्थानमा हिउँदे बालीमा गरेको क्षतीको प्रतिवेदन र पीडितलाई आर्थिक सहयोगका लागि पनि संघ र प्रदेश सरकारसँग माग गरिएको छ।

बाजुरा र बैतडीका विभिन्न गाँउपालिका र नगरपालिकामा भएको सुख्खा खडेरीले पनि जनताको जनजीवन कष्टकर बनाएको भन्दै आर्थिक सहयोगको माग गरिएको छ। यस्तै बैठकले प्रदेश कमिटिमा थप सदस्यलाई मनोनयन पनि गरेको छ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप