जंगलमा खुल्ला छोडिएको हाई भोल्टेज करेन्ट लागेर एक वालकको मृत्यु, तीन जना वालक गम्भीर घाईते

धनगढी, २३ चैत्र ।

धनगढीमा जंगलमा खुल्ला छोडिएको हाई भोल्टेज भएको करेन्ट लागेर एक वालकको मृत्य भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर ११ को सेहरी जंगलमा छोडिएको करेन्ट लागेर १४ वर्षीय अमन चौधरीको मृत्यु भएको छ । उनीसँगै जंगल गएका तीन वालकको ३० प्रतिशत भाग जलेर गम्भीर घाईते भएका छन ।

१२ वर्षीय सागर पनेरु, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नवीन खडायत हाई भोल्टेज करेन्ट लागेर गम्भीर घाईते भएका हुन । आज दिउँसो १२ वजेतिर जंगलमा गएका वेला स्याउला मुनि रहेको तारले छुँदा आफुहरुलाई निकै टाढा हुत्ताएर फालेको घाईते नवीन खडायतले वताए

उनीहरुलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा पुराईएकोमा सामान्य उपचारपछि नेपालगंज रेफर गरिएको छ । उपचारमा संग्लन कन्सल्टेन्स सर्जन डाक्टर निराजन शर्माले हाई भोल्टेज करेन्टका कारण घाईते तीन जनाको ३० प्रतिशत शरिरको भाग र एक जनाको कपाल समेत जलेको वताए ।

विद्युत करेन्ट लागेमा विगतको कुरा सम्झिन नसकिने र यसको असर ७२ घण्टासम्म रहने हुँदा अवस्थाको वारेमा केही भन्न नसकिने डाक्टर शर्माको भनाई छ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका भट्ट नियुक्त