जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार

दार्चुला, वैशाख १३

बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि मालिकार्जुन गाउँपालिका ४ का २९ वर्षीय पुष्करसिह धामी र कान्छी पत्नी २० वर्षीया तारा कार्की फरार भएको प्रहरीले जनाएको छ ।

बैशाख १२ गते जेठी पत्नी गोविन्दी धामीले पतिले बहु विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् ।

उजुरी लगत्तै दुवै जना फरार रहेका छन् । लामो समय भारतमा काम गर्दै आएका धामीले महाकाली नगरपालिका–१ छापरीबाट दोस्रो विवाह गरेका हुन्।

घरमा आफु हुँदा हुँदै दोस्रो विवाह गरेको भन्दै पिडितले प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीले दुवै जनाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवंम् निमित्त प्रहरी प्रमुख लालबहादुर साउँदले जानकारी दिए।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

ऐठपुर नहर छेउमा, सशस्त्र प्रहरी जवानको शव

कैलालीको गोदावरीमा बस दुर्घटना, २४ घाइते, तीन जनाको अवस्था गम्भीर