सलमान खानलाई ५ वर्ष जेल सजाय, भोली १०:४५ बजे माथिल्लो अदालतमा सुनुवाई

नयाँ दिल्ली, २२ चैत्र ।

बलिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकार गरेको अभियोगमा जोधपुर अदालतले दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ ।
बिहीबार अदालतका न्यायाधीश देवकुमार खत्रीको इजालसले खानलाई १० हजार जरिवाना सहित ५ वर्ष जेल सजाय तोकेको हो।

अदालतले वन्यजन्तु सरंक्षण ऐनको धारा ९/५१ अनुसार अभिनेता खानलाई दोषी ठहर गरेको हो। उनलाई प्रहरीले बिहीबार नै हिरासतमा लिएको छ।

उनीमाथि सन् १९९८ वर्षअघि ‘हम साथ साथ हे’ फिल्मको सुटिङका बेला राजस्थानका स्थानीयले पूजा गर्ने कालो हरिण (चिङ्कारा) को सिकार गरेको आरोप लागेको थियो। अदालतमा २० वर्षदेखि चलिरहेको मुद्दामा बिहीबार उक्त फैसला आएको हो।


उक्त मामिलामा सलमानसँगै अभिनेता सैफअली खान र अभिनेत्रीहरू सोनाली बेन्द्रे, निलम तथा तब्बुसमेत आरोपी थिए। जोधपुर जिल्ला अदालतका न्यायाधीश देवकुमार खत्रीले उनीहरूलाई दोषी ठहर गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

उनीहरूले सन् १९९८, अक्टोबर १ र २ तारिखमा दुइ हरिणको सिकार गरेका थिए। उक्त मुद्दामा ट्राभल एजेन्ट दुष्यन्त सिंह र सलमानका तात्कालीन सहयोगी दिनेश गवारेलाई समेत आरोप लागेको थियो।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड