पहिलोपटक राष्ट्रिय आर्थिक गणना गरिँदै

काठमाडौँ,१९ चैत-

केन्द्रीय तथ्यांक विभागले पहिलोपटक राष्ट्रिय आर्थिक गणना देशैभर गर्ने भएको छ ।

आगामी वैशाख २ गतेदेखि शुरु गरिने गणना असार मसान्तसम्म व्यावसायिक प्रकृतिका आर्थिक तथ्यांक संकलन गरी करिब पाँच वर्षभित्र विवरण संकलन, प्रशोधन, विश्लेषणात्मक प्रतिवेदन तयार गर्ने विभागले जनाएको छ ।

प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला आर्थिक गणना समन्वय समिति गठन गरिएको छ । विभागका महानिर्देशक सुमनराज अर्यालले मुलुकको समग्र आर्थिक क्रियाकलापको स्थितिको मूल्यांकन गरी आवश्यक नीति निर्माण गर्न सरकारलाई सूचना उपलब्ध गराउन गणना गर्न लागिएको जानकारी गराउनुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले मुलुकमा कूल स्थिर सम्पत्तिमा भएको लगानी, वैदेशिक लगानीको अवस्थालगायतका बारे गणनापछि पर्याप्त जानकारी हुने हुँदा सरोकार पक्ष सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका संयोजक अनिल शर्मा, गणना अधिकृत रामबन्धु रेग्मी, जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दरराज वैद्यलगायतले उक्त गणनाबाट मुलुकमा लगानीको अवस्था, अर्थतन्त्रको वास्तविक आकार, आर्थिक एकाइको प्रकार, संरचना, रोजगारीलगायत विषयमा नयाँ रणनीति निर्माण गर्न सरकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय तहसम्म नै तथ्यमा आधारित रही देशभरका लघु, घरेलु तथा साना उद्योगको अवस्था, वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठानलगायतको गणना गरिने सो कार्यक्रमबाट प्राप्त हुने परिणामका आधारमा बनाइने योजनाले देशको विकास र समृद्धिमा मद्दत गर्ने जनाइएको छ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप