जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा दुर्गममा निशुल्क घुम्ती शिविर सञ्चालन

बैतडी,१५ वैशाख

गाउँमै सरकारी सेवा प्रदान गर्ने उद्देश्यले बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा आजदेखि निशुल्क घुम्ती शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वय र सम्बन्धित स्थानीय तहको आयोजनामा पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा घुम्ती शिविर सञ्चालन हुन लागेको हो ।

आज र भोली पञ्चेश्वरको कुलाउमा घुम्ती शिविर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । शिविरमा नेपालीको नागरिकताको प्रमाणपत्र, फोटोसहितको मतदाता परिचयपत्र, अपांगता परिचय पत्र लगायतका सेवाहरु प्रदान गरिने वितरण गरिने उहाँले बताउनुभयो ।

वैशाख १७ गते शिवनाथको शर्माली र १८ गते सुल्लेखानमा शिविर सञ्चालन हुनेछ । शिविरमा आई सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह समेत गरेको छ ।

नागरिकलाई घरदैलोमै सरकारी सेवा एकीकृत रुपमा प्रदान गर्नका लागि शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । शिविरमार्फत दुर्गम क्षेत्रका नागरिकले सरकारी सेवा प्राप्त गर्ने जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार