बाजुराको बुडिगंगा नगरपालिकामा शंकास्पद वस्तु फेला

बाजुरा बैशाख ०२।

बाजुराको बुडिगंगा नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ ।

बुडिगंगा नगरपालिकाको कार्यालयको अगाडी पट्टी ढोकामा खतरा लेखेर शंकास्पद वस्तु झुण्ड्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

शंकास्पद वस्तु फेला परेको खवर पाएपछि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र टाँटे प्रहरी चौकी टोली त्यहाँ पुगेको छ ।

बम डिस्पोजलका लागि मार्तडीमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिसकेको डिएसपी ओलीले बताए।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

प्रदेश ४ मा वडा कार्यालय भवनको अभाव, छाप र लेटर प्याड झोलामै बोकेर सेवा प्रवाह !

अविरल वर्षाले घर भत्किँदा पाँच घाइते