हत्याको अभियोगमा २०५८ सालमा २० बर्षको कैदको फैसला, फरार अभियुक्त १९ वर्षपछि पक्राउ

गुलरिया, बर्दिया, वैशाख ११ गते ।

उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ ।

गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा विवादपछि हत्या गरिएको थियो ।

ढकाललाई जिल्ला अदालतले २०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको थियो । उनी बुटवलमा बस्दै आएका थिए ।

पौडेल हत्याका पाँच आरोपितमध्ये दुई जनालाई अदालतले सफाइ दिएको छ । अन्य दुई अझै फरार छन् । पौडेलको शव हत्या गरी गहुँबारीमा फालिएको अवस्थामा १३ दिनपछि फेला परेको थियो । (रासस)

Comments

Popular posts from this blog

प्रदेश ७ को मन्त्री परिषदको बैठक, निम्न चारवटा निर्णय स्वीकृत

शुक्लाफाँटा का जन प्रतिनिधि लाइ कुटपिट को आरोप

अछाममा कांग्रेस र माओवादीद्वारा मतदान प्रक्रिया खारेजीको माग