Breaking–डोटीमा जिप दुर्घटना, ३ जनाको घट्नास्थलमै मृत्यु

धनगढी बैशाख ८।

डोटीको शिखर नगरपालीका ३ कालागाडमा जिप दुर्घटना हुदा ३ जनाको घट्नास्थलमै मृत्यु भएको छ।

१६ जना घाईते भएका छन। कालागाड बाट जोरा गाउँ जाने कच्ची बाटोमा जिप दुर्घटना भएको हो। घटना स्थलमा प्रहरी केहीबेर अघि मात्रै पुगेको छ। मृतकको संख्य अझै बढ्न सक्ने अनुमान गरिएको छ।

डोटीको शिखर नगरपालिकामा जिप दुर्घटना हुदा मृत्यु भएका ३ जनाको सनाखत भएको छ।

ग १ ज ५२७५ नम्बरको शैलेश्वरी यातायातको जिप शिखरनगरपालिका ३ कालागाडबाट जोरागाँउ जाने कच्ची सडकमा दुर्घटना भएको हो।

दुर्घटनामा परि शिखर नगरपालिका वडा नम्बर ३ का चिनपुरी भुल, कटी सार्कि र शुरज भुलको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाईते भएका १६ जनालाई उद्धार गरी अस्पताल ल्याउने काम भईरहेको छ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार