Posts

चितवन कालीखोलाको पहिरोले प्रहरी भ्यान बगायो, २ प्रहरीको मृत्यु, २ वेपत्ता

Image
नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा झरेको पहिरोले प्रहरी भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् । बिहीबार राति काली खोलामा पहिरो हटाएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूली नदीमा झरेको हो । गाडी त्रिशूली नदीमा खस्दा असई निश्चल तामाङ र चालक समेत रहेका जवान दीपककुमार मास्केको ज्यान गएको छ । सञ्जीव कार्की र लीलबहादुर चेपाङ हराइरहेका मु्ग्लिन प्रहरीका इन्स्पेक्टर योगेन्द्र हमालले जानकारी दिए । कालीखोलामा पहिरो जाने क्रम नरोकिएकोले बेपत्ताको खोजी हुन सकेको छैन । यस्तै सोही पहिरोमा परी मुग्लिनदेखि नारायणगढ आउँदै गरेको ना ५ फ ७८२७ नम्बरको ट्रक पनि बगाएर भीरमा अड्केको छ । ट्रकका चालक भागेको र सहचालक सानु ब्लोन तामाङलाई घाइते अवस्थामा उद्धार गरिएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए । अहिले  नारायणप्रप्रमुख जिल्ला अधिकारीसाद भट्ट, एसपी थापा लगायतको टोली घटनास्थल पुगेको छ । पहिरोबाट जोगाउन नारायणगढ मुग्लिन सडक खण्ड भएर चल्ने गाडी भरतपुर, नारायणगढ लगायत सुरक्षित स्थानमा रोक्न लगाइएको छ । गाडी अवरुद...

काठमाण्डौ बाट धनगडीका लागी छुटेको बस दुर्घटना, तीन जनाको मृत्यु

चितवन, २० असार । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २:२५ बजे यात्रुबाहक बस पल्टिँदा घाइते भएका सात जनामध्ये तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ । उपचारका लागि गजुरी अस्पताल लैजाँदै गर्दा कैलाली घर भएका ३२ वर्षीय थारु र निजकी छोरीको बाटोमानै मृत्यु भएको र चालक रानामगरको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । तनहुँको आँबुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा पठाएका पाँचजना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको थियो । तीमध्ये मृतक थारुकी श्रीमती गम्भीर घाइते रहेको थापाले बताउनुभयो । अन्य तीनजनाको अवस्था भने सामान्य रहेको छ । काठमाडौँबाट धनगढी जान तीव्रगतिमा आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएर नालातर्फ पल्टिएको थियो । बसमा सवार २७ जनामध्ये सकुशल रहेका...

अमेरिकाको ह्युस्टनमा पशुपतिनाथ मन्दिर बन्ने

Image
असार २०, २०७४- करिब दुई वर्षको अनवरत प्रयासपछि टेक्सासको ह्युस्टनमा पशुपतिनाथ मन्दिर एवम् सामुदायिक केन्द्र निर्माण हुने भएको छ । अबको दुई महिनाभित्र सो कार्य सम्पन्न हुने आयोजक नेप्लिज् एसोसिएसन अफ ह्युस्टनले जनाएको छ । ह्युस्टनको रिचमण्डस्थित पशुपतिनाथ र राधाकृष्ण मन्दिर निर्माणका लागि करिब ६८ रोपनी जग्गा नेपाली समुदायले आफनो स्वामित्वमा लिनेछ । जग्गा र मन्दिर खरिदसम्बन्धी कार्य आगामी सेप्टेम्बरको अन्तिम सातासम्ममा पूरा हुने भएको हो । हाल सो मन्दिर रहेको ठाउँमा ११ हजार २५० वर्गफिटको पार्किङ, ४ हजार २०० वर्गफिटको भवन छ । जग्गाको लागि ३ लाख ५० हजार डलर मूल्यमा खरिद गरिने र सो स्थानमा पहिलो चरणको कार्य सम्पन्न गर्न ५ लाख अमेरिकी डलर खर्च लाग्ने छ । नेपाली संस्कृति एवम् परम्परा झल्किने मन्दिर र सामुदायिक केन्द्रको स्थापनामा नेपालीहरुको उल्लेखीय सक्रियता रहेको छ । योजनाको दोस्रो चरणमा नेपाली वास्तुकला झल्किने पशुपतिनाथ मन्दिर, सामुदायिक भवन, पाहुना घर, पुस्तकालय, बालबालिकाको लागि खेल मैदानजस्ता आवश्यक कुराहरु निर्माण गरिनेछ । आगामी एक महिनाभित्र आवश्यक पाँच लाख डलर रकम संकलन गरिने आयोजकले...

'मलेसियामा सय भन्दा बढी नेपाली पक्राउ'

Image
मलेसियाले त्यहाँ रहेका अवैधानिक आप्रवासी कामदारलाई वैधानिकता दिनका लागि संचालन गरेको 'दर्ता कार्यक्रम' सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध धरपकड अभियान शुरु गरेको छ । गत शनिबार उक्त अभियान शुरु भएयता सयजना भन्दा बढी नेपालीसहित एकहजार जनाभन्दा बढी आप्रवासी कामदार पक्राउ परेका छन् । देशव्यापी धरपकड शुरु गरिएपछि त्यहांस्थित नेपाली दूतावासले गैरकानुनी अवस्थामा बसीरहेका नेपालीहरुलाई अविलम्व दूतावासको सम्पर्कमा आउन अनुरोध गरेको छ । मलेसियाले अवैधानिक बसोबास गरिरहेका आप्रवासी कामदारहरुका लागि पछिल्लोपटक गत फेब्रुअरी १५ देखि जुन महिनासम्म दिइएको उक्त अवसर उपयोग नगर्ने आप्रवासीप्रति थप कडाइ गर्दै उनीहरुको देशव्यापी खोजी गरिरहेको छ। दर्ता सो अवधिमा करिब १५ सय नेपालीहरु दर्ता भएको नेपाली दूतावासले जनाएको छ । मलेसियाले दर्ता भएका अवैधानिक आप्रवासी कामदारलाई 'इन्फोर्समेन्ट कार्ड' निशुल्क वितरण गरी थप वैधानिकताको प्रक्रिया अपनाउन त्यस्तो कार्यक्रम ल्याएको थियो । तर उक्त कार्यक्रममा सहभागी नहुने अवैधानिक आप्रवासी कामदारहरुलाई खोजी गरी पक्राउ गर्न गत शनिबारदेखि शुरु गरिएको धरपकड अभियानमा ...

२०० स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसले जितेका स्थानीय तह

असार १४ गते भएको तीन प्रदेशका ३३४ स्थानीय तहको नतिजा आउने क्रम जारी रहेको छ । आइतबार ३ बजेसम्म २०० स्थानको नतिजा आएको छ । कांग्रेसले ७७ स्थानीय तह जितेको छ । यस्तै नेकपा माओवादी केन्द्रले २७ स्थानमा जीत हासिल गर्दा जनमोर्चाले २ , मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले १–१ स्थानमा जीत दर्ता गरेको छ । कांग्रेसले जितेका स्थानीय तह (७६) : प्रदेश नम्बर १ (२३) – मेरिङदेन गाउँपालिका, ताप्लेजुङ – त्रिवेणी आठरार्इ गाउँपालिका, ताप्लेजुङ – सिरिजंघा गाउँपालिका, ताप्लेजुङ – तुम्वेवा गाउँपालिका, पाँचथर – फाल्गुनन्द गाउँपालिका, पाँचथर – रोङ गाउँपालिका, इलाम – माक्सेबुङ गाउँपालिका, इलाम – चिचिला गाउँपालिका, संखुवासभा – भोटखोला गाउँपालिका, संखुवासभा – सिलिचोङ गाउँपालिका, संखुवासभा – धर्मदेवी गाउँपालिका, संखुवासभा – पाँचखपन गाउँपालिका, संखुवासभा – लालीगुँरास नगरपालिका, तेह्रथुम – भोजपुर नगरपालिका, भोजपुर – अरुण गाउँपालिका, भोजपुर – साल्पासिलिछो गाउँपालिका, भोजपुर – दिप्रुङ गाउँपालिका, खोटाङ – ऐंसेलुखर्क गाउँपालिका, खोटाङ – बराहपोखरी गाउँपालिका, खोटाङ – सोलुदूधकुण्ड गाउँपालिका, सोलुखुम्...

२०० स्थानीय तहको नतिजा सार्वजनिक, माओवादीले जितेका स्थानीय तह

असार १४ गते भएको तीन प्रदेशका ३३४ स्थानीय तहको नतिजा आउने क्रम जारी रहेको छ । आइतबार ३ बजेसम्म २०० स्थानको नतिजा आएको छ । नेकपा माओवादी केन्द्रले २७ स्थानमा जीत हासिल गर्दा जनमोर्चाले २ , मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले १–१ स्थानमा जीत दर्ता गरेको छ । माओवादीले जितेका स्थानीय तह (२८) : प्रदेश नम्बर १ (७) – मिक्लाजुङ गाउँपालिका, पाँचथर – आमचोक गाउँपालिका, भोजपुर – साकेला गाउँपालिका, खोटाङ – लिखुपिके गाउँपालिका, सोलुखुम्बु – महाकुलुङ गाउँपालिका, सोलुखुम्बु – सुनकोशी गाउँपालिका, उदयपुर – चिसंखुगढी गाउँपालिका, ओखलढुंगा प्रदेश नम्बर ५ (१५) – पाल्हीनन्दन गाउँपालिका, नवलपरासी – धुर्कोट गाउँपालिका, गुल्मी – भूमे गाउँपालिका, रुकुम – सिस्ने गाउँपालिका, रुकुम – पुथा उत्तरगंगा गाउँपालिका, रुकुम – थवाङ गाउँपालिका, रोल्पा – सुनछहरी गाउँपालिका, रोल्पा – सुकीदह गाउँपालिका, रोल्पा – रोल्पा नगरपालिका, रोल्पा – दुर्इखोली गाउँपालिका, रोल्पा – माडी गाउँपालिका, रोल्पा – सुवर्णावती गाउँपालिका, रोल्पा – बंगलाचुली गाउँपालिका, दाङ – बार बर्दिया नगरपालिका, बर्दिया – मधुवन नगरपालिका, बर्द...

२०० स्थानीय तहको नतिजा सार्वजनिक, एमालेले जितेका स्थानीय तह

असार १४ गते भएको तीन प्रदेशका ३३४ स्थानीय तहको नतिजा आउने क्रम जारी रहेको छ । आइतबार ३ बजेसम्म २०० स्थानको नतिजा आएको छ । जसमा नेकपा एमालेले ९२ स्थानमा जित दर्ता गर्दै कांग्रेससँगको अग्रता फराकिलो पारेको छ । यस्तै कांग्रेसले ७७ स्थानीय तह जितेको छ । यस्तै नेकपा माओवादी केन्द्रले २७ स्थानमा जीत हासिल गर्दा जनमोर्चाले २ , मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले १–१ स्थानमा जीत दर्ता गरेको छ ।   एमालेले जितेका स्थानीय तह (९१) : प्रदेश नम्बर १ (४२) – मैवाखोला गाउँपालिका, ताप्लेजुङ – मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ – फुङलिङ नगरपालिका, ताप्लेजुङ – याङवरक गाउँपालिका, ताप्लेजुङ – हिलिहाङ गाउँपालिका, पाँचथर – कुम्मायक गाउँपालिका, पाँचथर – सन्दकपुर गाउँपालिका, इलाम – चुलाचुली गाउँपालिका, इलाम – मार्इ-जोगमार्इ गाउँपालिका, इलाम – चैनपुर नगरपालिका, संखुवासभा – मादी नगरपालिका, संखुवासभा – सभापोखरी गाउँपालिका, संखुवासभा – खाँदबारी नगरपालिका, संखुवासभा – मकालु गाउँपालिका, संखुवासभा – मेन्छेयाम गाउँपालिका, तेह्रथुम – छथर गाउँपालिका, तेह्रथुम – आठरार्इ गाउँपालिका, तेह्रथुम – फेदाप ...