Posts

प्रधानमन्त्री भारत जानु अघि चीनका उपप्रधानमन्त्री नेपालमा

Image
काठमाडौ:  प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु भन्दा पहिले चीनका उपप्रधानमन्त्री वाङ याङ साउन ३० गते नेपाल भ्रमणमा आउने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा याङ उच्चस्तरिय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लागेका हुन। [caption id="attachment_508" align="alignnone" width="1000"] चीनका उपप्रधानमन्त्री वाङ याङ[/caption] नेपालका लागि चिनिया राजदूत यू होङले उपप्रधान तथा परराष्ट्रमन्त्री महरालाई आइतवार भेटेर उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरिय प्रतिनिधिमण्डलले साउन ३० गते नेपाल भ्रमण गर्न लागेको जानकारी गराएकी हुन । ६२ बर्षीय याङले प्रधानमन्त्री शेरबहादुर देउवा,प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री तथा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । याङको नेपाल भ्रमणको तयारीलाई परराष्ट्रमन्त्रालयले तीब्रता दिएको छ । स्रोतका अनुसार भ्रमणका एजेण्डा माथि बिभिन्न तहमा ...

करछली मुद्दाः रोनाल्डो अदालतमा उपस्थित

Image
कर छलेको आरोप खेपिरहेका पोर्चुगलका फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो स्पेनको एक अदालतमा सोमबार उपस्थित भएका छन्। त्यहाँ उनले आफ्नो तर्फबाट प्रमाण पेश गर्ने बताइएको छ। अभियोजनकर्ताहरुले सन् २०१० देखि रोनाल्डोले १ करोड ७० लाख डलर कर छलेको दावी गरेका छन्। करछलीका लागि खडा गरिएका विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कल छलेको भन्ने आरोप उनका एजेण्टले अस्वीकार गरेका छन्। सजाय दोषी ठहर भए पोर्चुगलका यी ३२ वर्षीय फुटबल खेलाडीले २ करोड जरिवाना तिर्नुपर्ने र साढे तीन वर्ष जेल सजाय भोग्नुपर्ने हुनसक्छ। रिआल मड्रिडका लागि खेल्ने रोनाल्डो विश्वकै सबैभन्दा बढी रकम पाउने खेलाडी भएको बताइन्छ। आफूविरुद्धको आरोप अस्वीकार गर्दै यसअघि उनले आफ्नो "चित्त शुद्ध रहेको" बताएका थिए। कर छलेकोमा दोषी ठहर भएका अर्जेन्टिनाका खेलाडी लियोनेल मेसीलाई गत वर्ष २१ महिनाका लागि जेल सजाय सुनाइएको थियो। तर यसै महिनाको शुरुतिर अदालतले जेल सजायको सट्टा उनले २५२,००० युरो तिर्नसक्ने बताएको थियो।

मन्त्रिपरिषद् विस्तार, मन्त्रि हरु को नाली बेली

Image
निर्वाचित भएको झण्डै डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसका १० र माओवादी केन्द्रका मन्त्री समावेश गरेर देउवाले सरकार विस्तार गरेका छन् । [caption id="attachment_500" align="alignnone" width="618"] मन्त्रिपरिषद् विस्तार, मन्त्रि हरु को नाली बेली[/caption] कस्ता छन नयाँ मन्त्री ? नेपाली कांग्रेस  मीन विश्वकर्माः विश्वकर्मा केन्द्रीय सदस्य एवं सांसद विश्वकर्मा भोजपुरका स्थायी बासिन्दा हुन् । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा उनी प्रस्तावक थिए । वीरबहादुर बलायरः बलायर डोटी क्षेत्र नम्बर १ का सांसद हुन् । सुदुरपश्चिमका नेता बलायर देउवा पक्षीय कांग्रेस नेता हुन् । बलायर डोटीको खानदानी परिवारका सदस्य हुन् । महेन्द्र यादव: यादव धनुषाका स्थायी बासिन्दा हुन् । उनी नेपाली कांग्रेसका समानुपातिक सांसद हुन् । उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत हुन् । अम्बिका बस्नेतः बस्नेत दुइवटै संविधानसभामा समानुपातिक तर्फवाट सभासद बन्ने भाग्यमानी नेतृ हुन् ।...

कृष्णपुरका मेयरले देखाए अचम्मको हर्कत

Image
महेन्द्रनगर । स्थानीय तहमा जनप्रतिनिधि भएपछि वडा–वडामा कार्यालय खोल्ने काम भइरहेको छ । तर, कृष्णपुर नगरपालिकाकामा अचम्मको काम भएको छ । कृष्णपुर नगरपालिका १ नम्बर वडाको कार्यालय २ नम्बर वडामा खोलिएको छ । [caption id="attachment_497" align="alignnone" width="588"] कृष्णपुरका मेयरले देखाए अचम्मको हर्कत[/caption] जिल्ला स्तरबाट मिल्ने सेवासुविधा गाउँ र नगरपालिकाबाट तथा गाविस र नगरपालिकाबाट मिल्ने सुविधा वडाबाट मिल्ने भनेर चुनावका बेला प्रचार गरिएझैं अधिकांश स्थानीय तहमा वडामै कार्यालय खोल्ने कार्यक्रम चलिरहेका छन् । तर, कृष्णपुर नगरपालिकाको १ नम्बर वडा दुर्गम क्षेत्रमा परेपछि नगरपालिकाका नगर प्रमुख (मेयर) सहितको उपस्थितिमा १ नम्बर वडा कार्यालय २ नम्बर वडामा खोलिएको छ । वडा कार्यालय उद्घाटनमा अर्काे अचम्म भएको छ– वडामा निर्वाचित जनप्रतिनिधिको उपस्थिति बिना नै अर्कै वडामा वडा कार्यालय उद्घाटन गरिएको छ । आफू निर्वाचित वडाको कार्यालय उद्घाटन हुनेबारे कुनै जानकारी नपाएको बताउँदै वडा अध्यक्ष मोहन बस्नेतले कार्यालय उद्घाटन भइसकेपछि जानकारी पाएको बताए । ‘म ४/५ दिनदेख...

नेपालले मलेसियालाई ५ विकेटले हरायो

Image
श्रावण ९, २०७४- नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियालाई ५ विकेटले हराएको छ । सोमबार बिहान सिंगापुरको इन्डियन एसोसिएसन ग्राउन्डमा भएको खेलमा टस हारेर व्याटिङमा आएको मलेसियाले ३५.१ ओभरमा सैआ विकेट गुमाउँदै ८९ रन बनायो । जवाफी व्याटिङमा आएको नेपालले २२.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका तर्फबाट सन्दीप लामिछानेले ७ विकेट लिए । .... खेल जारी छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । ....   नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियाको सामना गर्दैछ। सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले पाँचौं खेल खेल्न लागेको हो। नेपाल ५ खेलमा ४ जित र १ पराजयसाथ डबल राउन्ड लिग प्रतियोगिताको अंक तालिकामा दोस्रो स्थानमा छ। नेपालले मंगलबार अफगानिस्तानसँग आफ्नो अन्तिम खेल खेल्नेछ। अफगानिस्तान पहिलो चार खेलमै जित हात पारी अर्को वर्ष न्युजिल्यान्डमा हुने यू–१९ विश्वकपको नजिक पुगेको छ। बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको हारपछि नेपालको विश्वकपमा पुग्ने सम्भावना क्षीण भइसकेको छ। प्रतियोगिताको विजेताले मात्र न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ को विश्...

तातोपानीसँगको सडक सम्पर्क विच्छेद

गएराति खसेको पहिरोले अरनिको राजमार्ग अन्तर्गतको एउटा प्रमुख पुल भत्काएपछि नेपाल चीन जोड्ने तातोपानी नाकासँग सम्पर्क विच्छेद भएको अधिकारीहरुले जनाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालका अनुसार पहिरोका कारण लार्चा पुल क्षतिग्रस्त भएसँगै तातोपानी जोड्ने सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। अब अस्थायी प्रकृतिको पुल निर्माण गरेपछि मात्र उक्त क्षेत्रको सडक सुचारु हुने उनले बताए। करिव अढाइ वर्षअघिको विनाशकारी भूकम्पपछि तातोपानी नाका बन्द रहेको छ जसका कारण त्यस क्षेत्रहुँदै चीनसँग हुने व्यापार लगभग ठप्प रहेको छ। जोखिम नेपाल सरकारले हालैका महिनाहरुमा उक्त नाका पुन: सञ्चालनमा ल्याउन चीनलाई आग्रह गर्दै आएको थियो। भूकम्पले त्यस क्षेत्र बस्तीमा जोखिम थपेपछि अहिले त्यहाँ मानव बसोबास समेत पातलो रहेको बताइन्छ। तर लार्चा पुल भत्किएसँगै त्यहाँबाट पारि रहेका गाउँमा बस्ने करिब दुई सय परिवारलाई खाध्यान्न लगायत दैनिक उपभोग्य सामान पठाउन कठिनाइ हुने प्रमुख जिल्ला अधिकारी सिलवालले बताए। उक्त क्षेत्रमा पहिरो पन्छाउन सुरक्षाकर्मी खटाइएको अधिकारीहरुले जनाएका छन्। निरन्तरको वर्षाका कार...

शिक्षक नियुक्ति विवादले विज्ञान क्याम्पसमा बबाल

महेन्द्रनगर । महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा प्रक्रिया मिचेर आंशिक शिक्षक नियुक्त गरिएको आरोप लागेपछि बबाल मच्चिएको छ । सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरले प्रक्रिया मिचेर आंशिक शिक्षक नियुक्ति गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल नियुक्ति खारेजको माग गरेको छ । क्याम्पसले मनोमानी रुपमा रासायनशास्त्र विषयको शिक्षकमा दिल्लीप्रसाद खरेललाई नियुक्त गरेको क्रान्तिकारीको आरोप छ । क्रान्तिकारीका जिल्ला सचिव किशोर भट्टसहितका विद्यार्थी नेता आईतबार सिद्धनाथ विज्ञान क्याम्पस पुगेर प्रशासनसँग नियुक्ति खारेजीको माग गरेका हुन् । विज्ञान क्याम्पसका निमित्त प्रमुख विमला शाक्यलाई प्रक्रिया मिचेर गरिएको नियुक्ति तत्काल खारेज गर्न माग गरिएको सचिव भट्टले बताए । आंशिक शिक्षक पदपूर्तिका लागि क्याम्पसले विज्ञापन आव्हान गर्नुपर्ने, आवेदकले आवेदन दिएपछि छनौट प्रक्रियामा जानुपर्ने, शिक्षकको कक्षा अवलोकन गर्नुपर्ने भएपनि ती सबै प्रक्रियालाई मिच्दै आंशिक शिक्षक नियुक्त गरिएको उनले दावी गरे । निमित्त क्याम्पस प्रमुख शाक्यले शिक्षक नियुक्तिको प्रावधानका बारेमा आफूलाई जानकारी नभएको भन्दै गैरजिम्म...