Posts

प्रदेश नं. ७ को बजेट पारित

धनगढी, १६ वैशाख – प्रदेश नं ७ प्रदेशसभाको बैठकले प्रदेश सरकारद्वारा चालु आव २०७४/०७५ का बाँकी अवधिको लागि प्रस्तुत गरेको बजेटसँग सम्बन्धित विनियोजन विधेयक–२०७५ सर्वसम्मतिले पारित गरेको छ । सभामुख अर्जुुनबहादुर थापाले उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नु हुँदा बैठकले सर्वसम्मतिले पारित गरेको हो । यसअघि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले विनियोजन विधेयक–२०७५ लाई सभाबाट पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेश गर्नुभएको थियोे । मन्त्री बोहराले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि प्रस्तुत भएको बजेटको छलफलका क्रममा उठेका प्रश्न र विपक्षी प्रदेशसभा सदस्यले दर्ता गराएको खर्च कटौतीको संशोधन प्रस्तावसँग सम्बन्धित विषयमा जवाफ दिनुभएको थियो । खर्च कटौती गर्न राखिएको संशोधन प्रस्तावको जवाफमा मन्त्री बोहराले विपक्षी सदस्यको सुझावप्रति गम्भीर रहेको उल्लेख गर्दै बजेटमा अध्ययन, अनुसन्धान, अनुगमन शीर्षकमा छुट्याइएको रकम सार्वजनिक खरिद ऐनबमोजिम आवश्यक कार्यविधि बनाएर खर्च गरिने र आगामी वर्षको बजेट निर्माणमा सबैको भावना समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । मन्त्रीको जवाफपछ...

अत्तरियामा सडक क्षेत्र अतिक्रमण गरि राखिएका खोका छाप्रा हटाउने काम तिब्र

Image
अत्तरीया बैशाख १६। अत्तरियामा सडक क्षेत्र अतिक्रमण गरि राखिएका खोका छाप्रा हटाउने काम तिब्र बनाइएको छ। सडक डिभिजन कार्यालय र गोदावरी नगरपालिकाको पहलमा अत्तरिया चोक र चारैतर्फ रहेका खोका छाप्रा लगायतका समरचना हटाउन लागिएको हो। शुक्रबार स्थानिय प्रसासनले आईतवार बिहान सम्म खोका छाप्रा लगायत अतिक्रमित क्षेत्रमा रहेको संरचना हटाउन सुचना जारी गरेको र आज बिहान सम्म पनि कतिपय संरचना नहटाइएपछी प्रहरी र सड्क बिभागका कर्मचारीहरुको सहयोगमा डोजरको प्रयोग गरि सडक क्षेत्र हटाउने काम तिब्र बनाइएको छ। अत्तरिया क्षेत्रको सडक खाली गराउन इलाका प्रहरी र जिल्ला बाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ। सडक बिभागले अत्तरिया चोक बाट पुर्वमा मनेहरा पुल सम्म पश्चिममा गोदाबरी नदि पुल, र उत्तरमा दुर्गा लक्ष्मी मा.बि सम्मको सडकको बिच बाट २५÷२५ मिटरको दुरि भित्र पर्ने संरचना हटाउने जनाएको छ। यसैबिच आज बिहान स्थानिय प्रसाशनले सडक क्षेत्रमा रहेका खोका छाप्रा हटाउन लागेपाछी खोका छाप्रा व्यव्सायीहरुले उचित स्थानमा व्यवस्थापनको माग गर्दै चर्का नारावाजी सहित बजार परिक्रमा गरेका थिए। श्रोत - दिनेश खबर

मैले जवानलाई कुटेको हैन, सम्झाएको मात्रै होः डिएसपी मगर

Image
धनगढी, वैशाख १६। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बिरबहादूर बुढामगरले आफुले प्रहरी जवान दिपेन्द्र चन्दलाई कुटपिट नगरेको दाबी गरेका छन्। आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली मार्फत संचार माध्यमहरुमा ईमेल पठाउदै उनले आफु सहित कुनै पनि अधिकृतले जवान चन्दलाई कुटपिट नगरेको उल्लेख गरेका छन्। तर प्रहरी अनुशासन भन्दा बाहिर गएको भन्दै जवान चन्दलाई सम्झाई बुझाई गरेको भने स्वीकार गरेका छन्। पत्रमा प्रहरी जवानलाई डिएसपीद्धारा कुटपिट भन्दै प्रकासन प्रसारण भएका समाचारप्रति जिल्ला प्रहरी कार्यालय कैलालीको गम्भीर ध्यानाकषर्ण भएको उल्लेख छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्रवहादुर चन्दले आफुलाई डिएसपी मगरले फाँटमा बस्न पाउनु पर्ने माग गर्दै आईजिपीलाई निवेदन किन गरेको भन्दै कुटपिट गरेको थिए। हुलाकबाट आईजीपीलाई पत्र पठाएका प्रहरी जवान चन्दले आफ्नो माग पत्रमा प्रहरी कर्मचारीले पहुँचका आधारमा मात्रै फाँटमा बस्न पाउने चलन अन्त्य गरेर सबैले समान रुपमा फाँटमा बस्न पाउँने व्यवस्था गर्न माग गरेका थिए। सोही विषयलाई लिएर प्रहरी नायव उपरिक्षक बुढामगरले प्...

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन शुरु

रुपन्देही, वैशाख १५। भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गरे। ३८ देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्रा्ष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको छ । गोष्ठीमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंकालगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी भएका छन्। सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वान्हरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् । दुई दिनसम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्रसमेत जारी गर्नेछ। लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन समितिका संयोजक प्रा डा नरेशमान बज्राचार्यले विश्वका पुरातत्वविद् र बौद्ध विद्वान्हरुले लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर प्रचारप्रसार गर्ने बताए। - रासस

अछाममा चट्याङ र असिनापानीः सात जना घाइते, गहुँबाली नष्ट

अछाम, वैशाख १५। मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन् । असिनापानीसँगै परेको चट्याङ लागेर नगरपालिका–५ का मनिषा भाटलगायत ७ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, घाइते सातमध्ये मनिषा भाटलाई बढी चोट लागेका र केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। ६ जनाको सामान्य उपचारपछि घर फर्किएका छन्। यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन्। यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिए। आधा केजीसम्मको असिना परेपछि तरकारी र गहुँखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए।

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अलपत्र

बैतडी,१४ वैशाख धुर्मुुस सुन्तलीले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको चर्चा पाईरहेका बेला बैतडीमा भने निर्माणाधिन अवस्थामा रहेको दशरथचन्द अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य केही बर्षदेखि अलपत्र अवस्थामा रहेको छ । जिल्लाको दशरथचन्द नगरपालिका सुन्दरखाली वि स २०६३ मा दशरथचन्द नगरपालिकाले निर्माण सुरु गरेको क्रिकेट मैदानलाई र वि स २०७१ सालमा राष्ट्रिय खेलकुद परिषदले दशरथचन्द अन्र्तराष्ट्रिय क्रिकेट मैदान भनेर निर्माण सुरु गरेको हो । वि स २०३४ सालमा दशरथचन्द नगरपालिका स्थित सुन्दरखालीमा मात्र क्रिकेट खेल्ने गरिन्थ्यो त्यसपछी वि स २०५२ सालपछी त्यस मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन सबैको ध्यान पुग्यो । सदरमुकाम नजिकैको सुन्दरखाली क्रिकेट मैदानमा चार वर्ष अघिसम्म क्रिकेट प्रतियोगिता सञ्चालन हुन्थ्यो । त्यही मैदानमा खेलाडीले अभ्याससमेत गर्न पाउथे । जिल्ला स्तरदेखि क्षेत्रीयस्तरका प्रतियोगिता हेर्ने पाउँदा स्थानियबासी हर्षित भएका थिए । तर अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएपछि प्र्रतियोगिता समेत हुन पाएको छैन । मैदान निर्माण कार्य अधुरो भएपछि खेल सञ...

जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा दुर्गममा निशुल्क घुम्ती शिविर सञ्चालन

बैतडी,१५ वैशाख गाउँमै सरकारी सेवा प्रदान गर्ने उद्देश्यले बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा आजदेखि निशुल्क घुम्ती शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वय र सम्बन्धित स्थानीय तहको आयोजनामा पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा घुम्ती शिविर सञ्चालन हुन लागेको हो । आज र भोली पञ्चेश्वरको कुलाउमा घुम्ती शिविर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । शिविरमा नेपालीको नागरिकताको प्रमाणपत्र, फोटोसहितको मतदाता परिचयपत्र, अपांगता परिचय पत्र लगायतका सेवाहरु प्रदान गरिने वितरण गरिने उहाँले बताउनुभयो । वैशाख १७ गते शिवनाथको शर्माली र १८ गते सुल्लेखानमा शिविर सञ्चालन हुनेछ । शिविरमा आई सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह समेत गरेको छ । नागरिकलाई घरदैलोमै सरकारी सेवा एकीकृत रुपमा प्रदान गर्नका लागि शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । शिविरमार्फत दुर्गम क्षेत्रका नागरिकले सरकारी सेवा प्राप्त गर्ने जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ ।