Posts

विर्तामोडमा तीन ठाउँमा बम फेला

विर्तामोडमा तीन ठाउँमा बम फेलाविर्ता : झापाको बिर्तामोडका विभिन्न तीन स्थानमा बम फेला परेको छ । बम भएको स्थान सुरक्षाकर्मीले घेरा हाली निश्क्रिय बनाउने प्रयास गरेका छन् ।ईलाका प्रहरी कार्यालय विर्तामोडका डिएसी केशव थेबेले बम निश्क्रिय पार्ने काम भइरहेको जानकारी दिनुभयो । थेबेका अनुसार एउटा बम नेकपा माओवादी केन्द्रकी विर्तामोड नगरपालिकाको   उपमेयर उम्मेद्वार लक्ष्मी न्यौपानेका डेरा छेउमा बम फेला परेको छ । त्यस्तै राजपा झापा इन्चार्ज सूर्यनारायण गणेशको घर छेउमा र देवी उच्च मावि मतदान केन्द्रमा बम भेटिएको थेपेले जानकारी दिनुभयो ।

डडेल्धुरामा प्रधानमन्त्रीले भने, ‘यहाँको विकासको जिम्मा म लिन्छु’

Image
असार ११, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृह जिल्ला डडेल्धुरामा पार्टी भित्रका साथीहरु मिलाउने र जिल्लाको समग्र विकासको जिम्मेवारी आफूले लिने बताएका छन् । [caption id="attachment_190" align="alignnone" width="1000"] SherBahadurDeubaInDadeldhura[/caption] जिल्ला सदरमुकामस्थित बगबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘कांग्रेसलाई सक्रिय भएर जिताउनुहोस् जिल्लाको समग्र विकास र पार्टी भित्रका सबै साथीको मुल्यांकन गरी उचित स्थान दिने जिम्मेवारी मेरो हो ।’ आफ्नो दश मिनटको भाषणमा  पाँच मिनट देउवाले जिल्ला भित्र असन्तुष्ट कार्यकर्ताको मन शान्त पार्ने  प्रयास गरेका थिए । ‘टिकट नपाएकोमा कुनै साथी रिसाउनु पर्दैन । सबै साथीहरु योग्य थिए । पाउने एउटाले हो । नपाएकाहरुले अरु अवसरहरु प्राप्त गर्ने छन् । जिल्ला समन्वय समिति, प्रदेश सांसद र सरकार, केन्द्र धेरै ठाउँमा व्यवस्थापन गरिने छ । कोही योग्य साथी छुट्ने छैन,’ उनले भने ‘तर पार्टीलाई जिताउन सबैले सक्रिय भएर चुनावमा खटिनु आवश्यक छ । कांग्रेसले जित्नुपर्छ ।’ उनले आफ्नो मनतव्यको ब...

प्रधानाध्यापकमाथि गोली प्रहार

धनुषा, असार ११ गते । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । शर्माको गालामा गोली लागेको छ । उनको अवस्था अहिले गम्भीर छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ । जनकपुर उपमहानगरपालिका–७ निवासी प्रअ बिहान ६ः३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि पश्चिम बाटोमा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । गोलीप्रहारबाट गम्भीर घाइते भएका प्रअ शर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । स्रोत :रासस

पाँच हजार विद्यार्थीले दार्जिलिङ छाडे- गोर्खाल्याण्ड आन्दोलन

Image
असार ११, २०७४- दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनको प्रत्यक्ष प्रभाव त्यहाँको शैक्षिक क्षेत्रमा परेको छ । अनिश्चितकालिन वन्द भएयता दश दिनमा करिव ५ हजार विद्यार्थीले दार्जिलिङ छाडिसकेका छन् । केही विद्यार्थीहरु अहिले पनि फर्किरहेका छन् । आन्दोलनका कारण दार्जिलिङको शैक्षिक क्षेत्र, चिया व्यापार र समग्र पर्यटन क्षेत्र अस्तव्यस्त वनेको छ । भारतीय संचार माध्यमहरुका अनुसार वन्द हड्ताल र हिंसात्मक आन्दोलनका कारण देश विदेशका विद्यार्थीहरुको दार्जिलिङ छाड्ने क्रम जारी छ । भारतीय अखवार दैनिक जागरणले हिंसात्मक आन्दोलन भएपछि त्यहाँ अध्ययनरत भारतसहित भुटान, नेपाल र थाइलेन्डका विद्यार्थीहरु घर फर्किन थालेका छन् । दार्जिलिङको प्रसिद्ध जेन्ट जोसेप, कालिम्पोङको कुमुदिनी होम्स, सेन्ट जजलगायत खरसाङ र मिरिक क्षेत्रका विभिन्न स्कुल र कलेजमा अध्ययनरत विद्यार्थी धमाधम पढाई छाड्दै घर फर्किएका हुन् । गोर्खा जनमुक्ति मोर्चाको भ्रातृ संगठन विद्यार्थी मोर्चाका अनुसार गोर्खाल्याण्ड आन्दोलनका समर्थनका लागि विद्यार्थीहरुले दार्जिलिङ छाडेका हुन् । ‘आन्दोलन सफल भएपछि फर्किने भन्दै विद्यार्थीहरुले दार्जिलिङ छाडिरहे...

कञ्चनपुरको बेलौरीमा १२ वर्षीया बालिका बलात्कृत, ६ महिनाकी गर्भवती

जेष्ठ ९, २०७४- कञ्चनपुरको बेलौरी नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएको रहस्य झन्डै छ महिनापछि सार्वजनिक भएको छ । उनी गर्भवती रहेको प्रहरीले जनाएको छ । ५ दिनअघि बालिकाले पेट दुख्यो भनेपछि स्थानीय स्वास्थ्य चौकी लगेका आफन्तले बालिका गर्भवती भएको थाहा पाएलगतै प्रहरीलाई खबर गरेका थिए । बलात्कारका आरोपी स्थानीय ४० वर्षीय राधे राना भने फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । राना थारू समुदायकी ती बालिकाका बुबा भारतमा काम गर्छन् । आमाको पनि मानसिक अवस्था ठीक छैन । यही मौका छोपेर राधेले बालिकामाथि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको । तर, स्थानीयले गाउँमै मुद्दा मिलाउने भन्दै सहयोग नगरेका कारण आरोपीलाई समात्न नसकिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । उनले बालिकाकी माइजूलाई बोलाई केही दिनअघि जाहेरी दिन लगाएर अनुसन्धान सुरु गरिएको बताए ।   गाउमा सिविल मा प्रहरी पठाउदा पनि स्थानीय ले सहयोग नगरे पछि अभियुक्त लै हिरासत मा लिन गार्हो भएको छ।  अभियुक्त गाउ मै भएको र   निज को फोन पनि लागि रहेको कुरा पनि प्रहरी ले बताउनु भएको छ । स्...

ट्रम्प को जीत को भविष्यवाणी गर्ने ले भन्छन बैशाख ३० बाट विश्व युद्ध सुरु हुने

Image
१३ मे अर्थात् आउने बैशाख ३० शनिवार बाट तेश्रो विश्व युद्ध हुनेछ . सुन्दा यो कुरा अच्चम्म लाग्न सक्छ तर यो भविष्यवाणी गर्ने अरु कोइ नभएर क्लेयरवायंट होरोसिओ विलगैस(Mystic Horacio Villegas) हुन् . उन ले सन् २०१५ मा नै अमेरिका को अर्को रास्ट्रपति डोनाल्ड ट्रम्प हुने कुरा को पनि भविष्यवाणी गरेका थिए . उन का अनुसार तेश्रो विश्व युद्द मे १३ को दिन अर्थात् बैशाख ३० गते नै सुरु हुने बताएका छन् . साथै बिस्व युद्ध को कारण रास्ट्रपति डोनाल्ड ट्रंप नै हुने पनि बताएका छन् . भविष्यवाणी अनुसार विश्व का ठुला नेता हरु पहिले सिरिया मा हमला गर्ने छन् जसले गर्दा चिन, रुष र उत्तरी कोरिया को बीच मा पनि संघर्स सुरु हुने छ . विलगैस का अनुसार जिसस क्राइस्ट कि आमाले पोर्तुगल को फातिमा सहर गएको हरेक १०० बर्ष मा युद्ध हुन्छ, जुन मिति मे १३ हो

तरभुजा को बिऊ स्वास्थ्यवर्द्दक

Image
तपाई हामी लाई वचपन देखि नै तर्भुजा को बिउ नखानु , नत्र पेट मा गएर ठुलो तर्भुजा बन्छ . तर येसो नभई तर्भुजा को बिऊ मानब स्वास्थ्य को लागि निकै उपयोगी देखिएको  छ. यस बाट सेलेनियम , पोटात्सियम , कपर र जिक जस्ता सरिर लाई नभई नहुने पोउस्तिक तत्व हरु पाईन्छ. यति मात्रै नभई यस मा  मात्र मा प्रोटिन, भिटामिन बि र स्वस्थकर चिल्लो पदार्थ पनि पाइञ्छ. तर्भुजा लाई खाने तरिका बिउ लाई निकालेर सफा गरि पखाल्ने घाम मा एक हप्ता सम्म सुकाउने त्यस पक्षि ऊक्त बिऊ खान योग्य हुन्छ यस लाई धुलो बने पनि खान सकिन्छ फाइदा हरु मुटु लाइ स्वस्थ राख्ने रोग संग लड्ने क्षमता बढाउछ रगत मा चिनी को मात्राकम गर्छ एसको तेल पश्चिमी अफ्रीका मा एकदमै पर्सिद्द छ . त्यहाँ यस लाई कलाहरी तेल भनिन्छ जो छाला रोग को लागि अति उपयोगी मानिन्छ . चीन मा यस लाई चिया मा मिसाई खाने चलन छ र चिनी आयुर्र्वेद मा यस लाई अति महत्व दियिन्छ .