Posts

धनगढीमा प्रहरीका घुमुवाको स्कटीङमा दिनदहाडै तस्करी

धनगढी । भारतसंग जोडिएको धनगढी उपमहानगरपालिकाको बंग्रा कटानको नाकामा तस्करी नियन्त्रण गर्न जनप्रतिनिधि आफै खटिएका छन्। प्रहरीका घुमुवाको स्कटिङमा दिनदाहाडै भईरहेको तस्करी नियन्त्रण गर्न वडाअध्यक्षहरु आफै खटिएका हुन्। १ नम्बर वडाका अध्यक्ष सन्तोष मुडभरी र ९ नम्बरका अध्यक्ष प्रेम भण्डारी तस्करी रोक्न खटिएका हुन्। उनिहरुले सोमवार मात्रै भन्सार छलि ल्याईएका लाखौ मुल्य पर्ने १७ थान ब्याट्री जफत गरी प्रहरीलाई बुझाएका छन्। सामान ल्याईरहेका भारतिय नागरीक बालिस्टर गुप्तालाई पनि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाईएको छ । उनले धनगढीका ठुला व्यापारीहरुका लागि भन्सार छलेर सामान तस्करी गर्ने गरेको बयान प्रहरीलाई दिएका छन्। वडाअध्यक्ष मुडभरीले स्थानिय प्रसासन र प्रहरीले तस्करी नियन्त्रण गर्न चासो नदेखाएपछि आफै खटिएको बताए। ‘नेपाल प्रहरी र शसस्त्र प्रहरीका धुमुवाहरुको प्रत्यक्ष सहयोगमा भन्सार छलेर तस्करीका सामान आउने क्रम निकै बढेको स्थानियको व्यापक गुनासो आयो, हामीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई यसबारे जानकारी गराए तर तस्करी रोक्ने प्रयास नभएपछि आफै खटिएका हौ।’ उनले भने। प्रहरीका घुमुवाहरुले...

भीमदत्तको कायापलट गर्ने विकास योजना

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा एसियाली विकास बैंक (एडीबी)को ऋण लगानीमा निर्माण गरिने सडक, ढल निकाससहितको वृहत सहरीकरण योजनाको काम सुरु भएको छ । एडीबीको दीर्घकालिन सहयोग कार्यक्रमअन्र्तगत धनगढी उपमहानगरपालिका, भीमदत्त नगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सहरीकरण हुँदैछ । आर्थिक वर्ष २०७२/०७३ मा घोषित सो कार्यक्रम अनुसार भीमदत्त नगरपालिकामा सडक, ढल, फोहर व्यवस्थापनको एकीकृत निर्माण योजनाका लागि सर्भे सुरु भएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीले भीमदत्त नगरपालिकामा एडीबीले गर्ने निर्माणका लागि सर्भे सुरु गरेको नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए । उनका अनुसार एसियाली बिकास बैंकको ऋण लगानीमा भीमदत्त नगरपालिकामा ८ सडकको पूर्ण स्तरोन्नति हुने छ । ती सबै सडक दुबैतर्फ ढल, ग्रिनबेल्ट र फुटपाथसहित २ लेनका हुने छन् । करिब ३ अर्व रुपैयाँ खर्च हुने यो योजना ५ वर्षभित्र पूरा हुने लक्ष्य लिइएको छ । वडा नम्बर १ को भाँसीदेखि रौटेला सडक ५ किलोमिटर, भानुचोकदेखि विष्णुधाम सडक ५ किलोमिटर, वडा नम्बर १४ र १६ मा पर्ने शुक्लाफाँटा मार्ग ४ किलोमिटर, एयरपोर्टदेखि ऐरीघा...

आधा अर्व वजेट निकासा हुन नसकेर कोलेनिकाको खातामा थन्कियो

धनगढी माघ २९ गते । कर्मचारीहरु नपुगेका कारण मन्त्रालय सञ्चालनका लागि आएको वजेट निकासा हुन सकेको छैन । सरकारले प्रारम्भीक रुपमा मन्त्रालय सञ्चालनका लागि पठाएको झण्डै आधा अर्व रकम अख्तीयारी आएपनि खर्च हुन नसकेको हो । कर्मचारी नपुगेका कारण आएको वजेट कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीको खातामा थन्किएको छ । सरकारले मर्मत सम्भारका लागि पठाएको रकम पनि निकासा हुन नसकेको अवस्थामा शहरी विकासले मर्मत सम्भारको काम उधारोमै गरिरहेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित ७ वटा मन्त्रालयलाई सुरुवातमा कामकाज सञ्चालन गर्नका लागि प्रति मन्त्रालय ५ करोडको हिसावले आएको ३५ करोड, संसद सञ्चालन गर्नका लागि आएको १० करोड रकम कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीको खातामा रहेको छ । मर्मत सम्भारको रकम पनि निकासा नभएको अवस्थामा माघको दोस्रो साता आएको रकम कर्मचारी नपुगेका कारण मन्त्रालयहरुले खर्च गर्ने वाटो नखुलेपछि त्यसै रहेको कालेनिका कैलालीका कोष नियन्त्रक मदन पाण्डेयले बताउनुभयो । मन्त्रालय स्थापना भएपनि दैनिक रुपमा आवश्यक पर्ने कामकाजलाई उधारोमा सञ्चालन गरिदै आएको छ । मन्त्रालयका सचिव तथा लेखा...

छाडा चौपाया व्यवस्थापनका लागि बृहत महायज्ञ

धनगढी माघ २९ गते । धनगढी उपमहानगरपालिकामा रहेका छाडा चौपाया व्यवस्थापनका लागि महायज्ञ लगाईने भएको छ । आगामी बैशाखमा हुने महायज्ञको तयारीका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ । महायज्ञका माध्यमबाट गाईलाई छाडा नछोड्न सचेतना फेलाउनुका साथै व्यवस्थापनका लागि अर्थ संकलन गरिने धनगढी उपमहानगरपालिकाले जनाएको छ । छाडा चौपाया नियन्त्रणका लागि आगामी बैशाखमा महायज्ञ लगाउने तयारी सुरु भएको र त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्मा तदर्थ समिति गठन गरिएको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले बताउनुभयो । अहिले धनगढी उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि लाखौ रकम खर्च गरेर देवहरियामा गौशाला बनाएको छ । तर गौशालामा रहेका चौपायाका लागि आहाराको गतिलो व्यवस्थापन भएको छैन भने बजार क्षेत्रमा छाडा चौपाया कम भएका छैनन । गाईको महत्व दर्शाएर छाडा नछोड्न भन्दै सर्बसाधारणमा सचेतना फैलाईने र व्यवस्थापनका लागि अर्थ पनि संकलन गर्ने उद्देश्यले महायज्ञ लगाउने तयारी सुरु गरेको मेयर ओडले बताउनुभयो ।

शिक्षा मन्त्रालय द्धारा कैलाली बहुमुखी क्याम्पस पुरस्कृत

धनगढी माघ २८ गते । नेपाल सरकारले धनगढीको कैलाली बहुमुखी क्याम्पसलाई देशभरीकै उत्कृष्ट क्याम्पसका रुपमा नगद पुरस्कार सहित प्रसंसा पत्र प्रदान गरेको छ। नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा देशभरिका सामुदायिक क्याम्पसहरु मध्ये कैलाली बहुमुखी क्याम्पसलाई उत्कृष्ट क्याम्पसको रुपमा नगद २ लाख ५० हजार रुपैया सहित प्रसंसापत्र दिएर पुरस्कीत गरेको हो । आईतवार काठमाडौमा आयोजित एक समारोहका बिच शिक्षामन्त्री गोपालमान श्रेष्ठले नगद २ लाख ५० हजार र प्रसंसापत्र कैलाली बहुमखी क्याम्पसका प्रमुख डा. पदम राज जोशीलाई प्रदान गर्नुभयो । शिक्षा मन्त्रालयले देशभरीका सरकारी, सामुदायीक र निजि क्याम्मपसहरु मध्ये एक÷एक क्याम्पसलाई पुरस्कृत गरेको हो। गत भदौमा शिक्षा दिवसकै दिन उक्त पुरस्कार दिने निर्णय भएपनि केहि क्याम्पसमा विवाद आएका कारण आज मात्रै पुरस्कार बितरण भएको क्याम्पस प्रमुख जोशीले जानकारी दिनुभयो ।

यसरी भइरहेछ गड्डाचौकीमा अवैध असुली

महेन्द्रनगर । पश्चिमी सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले अवैध असुली गरिरहेको प्रमाणसहित घटना सार्वजनिक भएको छ । र, प्रहरी ड्यूटीमा खटिएका एक अधिकृतले रकम असुलेको स्वीकार गरेका छन् । विहीबार गड्डाचौकीमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीकै नेतृत्वमा नेपाल घुम्न आएका पर्यटकबाट ४ सय भारतीय रुपैयाँ लिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले इन्ट्री फिस भनेर रुपैयाँ मागेको नैनीताल टुर एण्ड ट्राभल्सका अध्यक्ष विजयमोहन सिंह खातीले बताए । उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रति गाडी १/१ सय भारतीय रुपैयाँका दरले २ गाडीको ४ सय भारतीय रुपैयाँ लिएका हुन् । प्रहरी र सशस्त्र प्रहरीले भारतबाट आउँदा र फर्किदा रुपैयाँ माग्ने गरेको अध्यक्ष खातीले बताए । उनका अनुसार पैसा नदिए प्रहरीले गाडी चालकको लाइसेन्स माग्ने गरेको छ । प्रत्येक पटक नेपाल घुम्न आउँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अनावश्यक रुपमा तनाब दिने गरेको पर्यटक राजेन्द्रसिंह विष्टले बताए । उनका अनुसार नेपाल घुम्न आउने पर्यटकले सीमा क्षेत्रमा अनावश्यक समस्या भोग्दै आएका छन् । ‘नेपाल घुम्दा समस्या हुँदैन...

फेरि आन्दोलनको सिकार हुँदै सुप विश्वविद्यालय

महेन्द्रनगर। केही समय शान्त रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय फेरि आन्दोलनको सिकार हुने भएको छ । विभिन्न माग राखी विश्वविद्यालय सुधार समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि विश्वविद्यालय फेरि आन्दोलनमय हुने देखिएको हो । सुधार समितिले विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक लगायतका क्षेत्रमा देखिएका समस्या बारेमा विश्वविद्यालय प्रशासन मौन रहेको भन्दै ४ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समितिका अध्यक्ष विरबहादुर सिंह ठकुरीले विभिन्न समस्या समाधानको माग राख्दै गत भदौमा पेश गरिएको मागपत्रबारे उपकूलपति र रजिष्टारले कुनै चासो नदिएपछि आन्दोलित हुनु परेको बताए । उनका अनुुसार आन्दोलन विश्वविद्यालय पढाईमा असर नपर्ने तरिकाले गरिने छ । घोषित कार्यक्रम अनुसार माघ २५ गते ‘जिम्मेवार पदाधिकारी जिम्मेवारी वन’ लेखिएको व्यानर पदाधिकारीको कार्यकक्षमा झुण्ड्याइने छ । माघ २६ देखि २८ गतेसम्म प्राध्यापक तथा कर्मचारीले कालोपट्टी बाँधी नियमित कार्य गर्ने र २९ गतेसम्ममा माग सम्बोधनका लागि पहल नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने अध्यक्ष ठकुरीले बताए । समितिले विभिन्न समस्यालाई समेटेर पाँच क्षेत...