Posts

महाकाली नदीमा बन्ने ४ लेनको पुल, आज सिलान्यास

भाद्र १५, २०७४- लामो प्रतिक्षा पछि महाकाली नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास गर्न आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम नेपालको समृद्धि र विकासको ढोका खुलेको बताएका छन् । ‘महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको छ,’ धनगढी विमानस्थलमा प्रधानमन्त्री देउवाले भने, ‘पश्चिम नेपाल मात्र नभइ देशकै समृद्धिका लागि महत्त्वपूर्ण विकास परियोजना हो ।’ भारतका औद्योगिक सहरसँग सिधा सम्पर्क र सुख्खा वन्दरगाह विकासका लागि कोषेढुंगा सावित हुने प्रधानमन्त्रीले वताए । प्रधानमन्त्री देउवाले भने ‘लामो समयको प्रतिक्षा सकिएको छ अव सुदूरपश्चिमवाट विकास अभियान सुरु भएको छ ।’ नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सबैलाई निर्वाचनमा होमिन आग्रह समेत गरेका छन् । ‘बाँकी रहेको स्थानीय तह निर्वाचन संगै प्रादेशीक र संसदीय निर्वाचनमा सवैलाइ होमिन आग्रह गर्छु’ संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने, ‘निर्वाचनले राजनैतिक स्थायित्व र संबिधान कार्यान्वयनसंगै समृद्धिको वाटोमा देश अगाडी वढीसकेको छ ।’ सम...

सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्यामा संलग्न भएको आरोपमा ६ जना पक्राउ

Image
सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्यामा संलग्न भएको आशंकामा कञ्चनपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रसङ्ग :  ऐठपुर नहर छेउमा, सशस्त्र प्रहरी जवानको शव [caption id="attachment_694" align="aligncenter" width="557"] Armed police dead body[/caption] सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरका प्रहरी जवान कुँवरको बुधबार राति ड्यिुटी सकेर घर गइरहेका हत्या भएको थियो। उनको हत्या नै भएको निष्कर्षमा पुगेको प्रहरीले ६ जनालाई पक्राउ गरेपनि नाम भने गोप्य राखेको छ। प्रहरी स्रोतका अनुसार कुँवर ड्यिुटी सकेर घर जाने क्रममा बुधबार राति महेन्द्रगरको न्यू संगम होटेल एन्ड लजमा नास्ता खाएका थिए। होटेलमा विवाद भएको थियो। प्रहरीले मृतक कुँवरकै साथी सशस्त्र प्रहरी बलका अर्का कर्मचारी भानु विष्ट, होटेल संचालक तरुण अवस्थी र अन्य तीन जनालाई नियन्त्रणमा लिएको स्रोतको दाबी छ। अनुसन्धान प्रभावित हुन सक्ने भएकाले नाम खोल्न नमिल्ने कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी भीम दाहालले बताउनुभयो । स्रोत: अन्नपुर्ण ट...

१५३.१ किलो तौलको समोसा

ब्रिटेनको राजधानी लण्डनमा बनाइएको एउटा समोसाले नयाँ कीर्तिमान कायम गरेको छ। १५३.१ किलो तौलसहितको समोसा हालसम्मकै सबैभन्दा बढी वजन भएको समोसाको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन सफल भएको हो। यसअघि उक्त कीर्तिमान ११०.८ किलो तौल भएको समोसाको नाममा थियो। उत्तरी ब्रिटेनस्थित ब्रेडफोर्ड कलेजमा उक्त समोसा बनाइएको थियो। कसले बनायो समोसा? कार्यक्रमका आयोजक फरिद इस्लामले भने, "पहिले त हामीलाई निकै सजिलो लागेको थियो तर पछि थाहा भयो कि यो देशमा यति ठूलो भाँडा नै छैन जसमा यत्रो समोसा बनाउन सकियोस्। अनि हामीले एउटा छुट्टै भाँडा बनाउन लगायौँ।" उक्त समोसा बनाउन १५ घण्टा लागेको थियो। 'गिनिज बुक अफ रेकर्ड्स'का एकजना अधिकारी प्रवीण पटेलले समाचार संस्था एएफपीसँग कुरा गर्दै भने, "विश्व कीर्तिमान बनाउनका निम्ति समोसा जस्तै स्वरुप हुनुपर्छ, मैदाभित्र प्याज र केराउ मिसिएको हुनुपर्छ। तेलमा पकाएपछि त्यसको आकारमा परिवर्तन हुनुहुँदैन। र, मान्छेले खान मिल्ने जस्तो समोसा देखिनुपर्छ। मानिसहरुले पूरै समोसा खान पनि सक्नुपर्छ।" लण्डनमा समोसा तयार भएर त्यसलाई जोखेपछि पटेलले त्यो आफैंमा एउटा ठ...

ऐठपुर नहर छेउमा, सशस्त्र प्रहरी जवानको शव

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरमा विहिबार बिहान एक जना सशस्त्र प्रहरी जवानको शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी जवान अन्दाजी २७ वर्षिय नरेन्द्र कुँवर मृत अवस्थामा भेटिनुभएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक टक्कर स्वारले बताए । भीमदत्त नगरपालिका ३ तिलकपुर स्थायी घर भएका कुँवरको शव ऐठपुर स्थित नहर छेउमा टाँउको थिचिएको अवस्थामा शव भेटिएको उनले बताए । ‘ कुवँरको टाँउको थिचिएको छ,घटना स्थलको मुचल्का तयार पार्ने भैईरहेको छ । घटनाको सवै विवरण आएको छैन्, अहिले नै हत्या भएको भन्न मिल्दैन’उनले भने । घटना रातिको १२ देखी १ बजेको बिचमा भएको हुनसक्ने प्रहरी नीरिक्षक स्वारले बताए ।

पञ्चेश्वर परियोजनाबारे द्वीपक्षीय छलफल

पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणका निम्ति पानीको बाँडफाँड तथा अन्य नमिलेका विवाद सल्टाउन काठमाण्डूमा शुरु भएको दुई देशका जलस्रोत विज्ञहरुको छलफलको पहिलो चरण मंगलवार सकिंदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा जारी उक्त छलफललाई निकै महत्त्वका साथ हेरिएको छ। २० वर्षअघि देउवा प्रधानमन्त्री भएकै बेला पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणबारे सम्झौता भएको थियो र यसपालिको उनको भ्रमणमा पनि उक्त एजेण्डा समावेश गरिएको बताइएको छ। साढे ६ हजार मेगावाटसम्म बिजुली उत्पादन हुन सक्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको बिजुली दुवै देशले आधा-आधा बाँड्ने सहमति भएपनि पानी बाँडफाँडमा भारतले धेरै भाग खोजेकोले कुरा अझै नमिलेको बताइन्छ। विवाद विवाद लम्बिंदै जाँदा सम्झौता भएको २० वर्ष नाघिसक्दा पनि सो परियोजनाको अहिलेसम्म 'डीपीआर' अर्थात् विस्तृत परियोजना प्रतिवेदन समेत तयार हुन नसकेको बताइन्छ। 'टिम् अफ् एक्स्पर्ट्स्' अर्थात् विज्ञहरुको टोली नाम दिइएको दुई देशका सचिवस्तरीय उक्त समूहले प्राविधिक विषय मिलाउन ५ वटा टोली र सैद्धान्तिक विषयमा सहमति जुटाउन छ...

कैलालीमा बस दुर्घटना, २ को मृत्यु, २० घाइते

भाद्र १४, २०७४- धनगढीबाट डोटीको बागछेडा जाँदै गरेको बस भीमदत्त राजमार्गको कैलाली सहजपुर गाउँपालिकामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका ६० वर्षीय नरबहादुर देउवा र कैलालीका ४८ वर्षीय दुर्गादेवी मल्ल छन् । ना ४ ख ५६३५ नम्बरको बस दुर्घटनामा पर्दा २० जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ । उनको सीमा पारी भारतीय अस्पतलामा उपचार भइरहेको छ । अन्य हरुको घाइतेहरुको अत्तरिया र धनगढीका अस्पतालमा उपचार भइरहेको छ ।      

उद्‌घाटन नहुँदै बाढीले पुल भाँचियो

बर्दिया: बर्दिया सदरमुकाम उत्तर जयनगर बजार हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने बगही घाटको पुल उद्‌घाटन नहुँदै बाढीले भाँचिएको छ। बबई नदीमा आएको वाढीले सोमबार नवर्निमित पक्‍की पुल भाँचिएको हो। पुल भाँचिएपछि बाह्रबर्दिया नगरपालिका र सदरमुकाम चल्ने सवारी साधनहरु अवरुद्ध भै हजारौं स्थानियहरु प्रभावित बनेका छन्। सवा ४ सय मिटर लामो पक्कीपुल पप्पु कन्ट्रक्सनले निर्माण गरेको थियो। स्थानियका अनुसार पुल कमजोर बनेको हुनाले नै टुटेको आरोप छ। अघिल्लो पटकको वाढीमा पुलको पिलर नदीमा धाँसिएको थियो। पिलर पुर्ननिर्माण नगरी त्यसैमाथी पुल ढलान गरेपछि सोही स्थानमा थप पिलर धाँसिदा पुल भाँचिएको हो। करिव १७ करोड रुपैयाको लागतमा निर्माण सम्पन्न सोपुल ५ वर्ष अघि निर्माण शुरु गरिएको थियो। तत्कालिन प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरको पालामा पुल कमजोर निर्माण भैरहेको भन्ने स्थानियको विरोध आएपछि निर्माण सुधार्न जिल्ला प्रशासन कार्यालय बर्दियाले सम्वन्धित मन्त्रालयमा पत्राचार गर्दा गर्दै पनि पुल निर्माण सम्पन्न भएपछि समस्या आएको हो। बाढीमा पुल भत्किएपछि स्थानियले आपत्ती जनाएका छन्। ठेकेदार कम्पनीको लापरवाहीले पु...