महाकाली नदीमा बन्ने ४ लेनको पुल, आज सिलान्यास
भाद्र १५, २०७४- लामो प्रतिक्षा पछि महाकाली नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास गर्न आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम नेपालको समृद्धि र विकासको ढोका खुलेको बताएका छन् । ‘महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको छ,’ धनगढी विमानस्थलमा प्रधानमन्त्री देउवाले भने, ‘पश्चिम नेपाल मात्र नभइ देशकै समृद्धिका लागि महत्त्वपूर्ण विकास परियोजना हो ।’ भारतका औद्योगिक सहरसँग सिधा सम्पर्क र सुख्खा वन्दरगाह विकासका लागि कोषेढुंगा सावित हुने प्रधानमन्त्रीले वताए । प्रधानमन्त्री देउवाले भने ‘लामो समयको प्रतिक्षा सकिएको छ अव सुदूरपश्चिमवाट विकास अभियान सुरु भएको छ ।’ नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सबैलाई निर्वाचनमा होमिन आग्रह समेत गरेका छन् । ‘बाँकी रहेको स्थानीय तह निर्वाचन संगै प्रादेशीक र संसदीय निर्वाचनमा सवैलाइ होमिन आग्रह गर्छु’ संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने, ‘निर्वाचनले राजनैतिक स्थायित्व र संबिधान कार्यान्वयनसंगै समृद्धिको वाटोमा देश अगाडी वढीसकेको छ ।’ सम...